
रमेश लम्साल / काठमाडौँ, १८ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा ऊर्जा क्षेत्रको विकासका लागि भन्दै महत्वपूर्ण कार्यक्रम मात्रै होइन बजेटको समेत व्यवस्था गरेको भए पनि निर्माणमा रहेका आयोजनाको अवस्था भने अत्यन्तै खराब रहेको छ । दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित ऊर्जा सङ्कट निवारण कार्ययोजना लागू गरेको पनि तीन […]

शेरबहादुर सिंह /भीमदत्तनगर, १८ जेठ । जिल्ला शिक्षा कार्यालय दार्चुलाले सङ्कलनको बहाना गरी विद्यालयको पठनपाठन बन्द गरेर हिमाली भेगतिर यार्सागुम्बा सङ्कलन गर्न जान शिक्षक तथा विद्यार्थीलाई पूर्णरुपमा रोक लगाएको छ । विगत वर्षमा यार्सागुम्बा सङ्कलन आम्दानीको राम्रो स्रोत बन्न थालेपछि दार्चुलाका ६० भन्दा बढी सरकारी विद्यालय बन्द गरी विद्यालय नै बन्द गरेर सङ्कलनमा जाने गरेका […]

काठमाडौँ, १७ जेठ । लामो समयपछि सुरु भएको रानीपोखरीको पुनःनिर्माणको काम तीव्र रुपमा अघि बढिरहेको छ ।गोरखा भूकम्प’का कारण पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पूर्ण रुपमा भत्केको थियो । सो मन्दिर भाइटीकाका दिन मात्र खुल्छ, जहाँ दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जाने गर्छन् । रानीपोखरीको पुनःनिर्माण अन्तर्गत अहिले पोखरीको दायाँबायाँ रहेको बार […]

डोटी, १७ जेठ । जिल्लामा वनमा आधारित उद्योगबाट स्थानीय बासिन्दा मनग्य आम्दानी गर्न सक्षम भएका छन् । रानागाउँ र छत्तिवन गाविसमा रहेको दुनाटपरी उद्योग र घण्टेश्वरमा रहेको सिस्नु प्रशोधन उद्योगले राम्रो बजार पाएको छ । वनमा आधारित कार्यक्रमअन्तर्गत सञ्चालित उद्योगलाई अझै परिष्कृत गर्दै लगिए धेरैलाई रोजगारी सिर्जना गर्न सकिने लक्ष्मीनगर गाविसका स्थानीयवासी दुर्गा ओझा बताउनुहुन्छ […]

काठमाडौँ, १६ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बडीमालिका क्याम्पस कलदेवमाडौँका क्याम्पस प्रमुख नवराज जैसी र लेखापाल लालबहादुर रावलले रु ३७ लाख ७१ हजार ९४१ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार क्याम्पस प्रमुख जैसी र लेखापाल रावलले विभिन्न आर्थिक वर्षमा क्याम्पसमा प्राप्त भएको रकमको झुठा बिल भर्पाइ बनाई बद्नियतपूर्वक […]

विकास लोहनी / काठमाडौँ, १५ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाइला टेकिएको ६३ वर्ष पूरा भएको छ । दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिख का दिन आठ हजार ८४८ मिटर अग्लो सगरमाथाको शिखरमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएका थिए […]

काठमाडौँ, १५ जेठ । गणतन्त्र दिवसका अवसरमा समाजका विभिन्न क्षेत्रका महानुभावलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गरिएको छ । गृह मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा मानपदवी पाउने महानुभावमा जननेता मदनकुमार भण्डारीलाई मरणोपरान्त ‘नेपालरत्न’ मानपदवी दिइएको छ । त्यस्तै सुशील कोइरालालाई मरणोपरान्त र तत्कालीन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई ‘राष्ट्रगौरव’ मानपदवी घोषणा गरिएको छ । ‘महाउज्ज्वल […]

वासुदेव पौडेल / पोखरा, १५ जेठ । लामो समयसम्म पानी नपरेपछि मुस्ताङका स्थानीयवासी चिन्तित बनेका छन् । लगभग एक वर्षयता नै पानी पर्न नसकेका कारण हिमाली भेगमा उत्पादन हुने उवा, फापर, स्याउलगायतको उत्पादनमा कमी आउने स्थानीयवासी बताउँछन् । लामो समयसम्म पानी नपरेका कारण कृषिजन्य उत्पादनमा कमी आउने देखिएको मुस्ताङको छुसाङ गाविस ताङ्वे गाउँकी ६९ वर्षीया […]

काठमाडौँ, १४ जेठ । नेपालको पछिल्लो पर्यटन गतिविधिबारे विश्वको ध्यानाकर्षण भएको छ । हङ्कङमा आयोजित ‘ग्लोबल टुरिजम एन्ड हस्पिटालिटी कन्फेरेन्स’मा सहभागी विभिन्न मुलुकका सरोकारवालाले नेपालको पर्यटन क्षेत्रको समसामयिक अवस्थाबारे जिज्ञासा राख्नुका साथै नेपाल घुम्ने इच्छासमेत व्यक्त गरेका छन् । सम्मेलनका क्रममा अधिकांश अन्तर्राष्ट्रिय सहभागीले नेपालको पर्यटनबारे चासो व्यक्त गर्दै भ्रमणको आकाङ्क्षा लिएका सहभागी प्यासिफिक एसिया ट्राभल […]

काठमाडौँ, १४ जेठ । उपप्रधानमन्त्री कमल थापाले दिगो विकासको कार्यसूची २०३० सँग मेल खानेगरी २०११–२०२० दशकका लागि कम विकसित राष्ट्रहरुको इस्तानबुल कार्ययोजनाको उच्चस्तरीय मध्यकालीन पुनरवलोकनको प्रभावकारी, पूर्ण र समयमै कार्यान्वयनमा जोड दिनुभएको छ । टर्कीको अन्तल्यामा आज भएको सत्रलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री थापाले यसका लागि राष्ट्रिय प्रयासहरु अन्तर्राष्ट्रिय सहयोगसँग परिपूरक हुनुपर्ने बताउनुभयो । उहाँले सो […]