
लक्ष्मण पौडेल / भैरहवा, कात्तिक १७ गते । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सले आज बिहीबारदेखि चार्टर्ड उडान सुरु गरेको छ । सरकारले आफ्नो स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमको मुख्य विजनेशमा अंकुश लगाउँदै हिमालयन एअरलाइन्सलाई ग्राउन्ड हेन्डलिङको अनुमति दिएसँगै हिमालयले चार्टर्ड उडान सुरु गरेको हो । जहाजले बिहीबारै भैरहवाबाट १३८ जना यात्रु लिएर मलेसिया गएको छ […]

गोकर्ण पौडेल / तुलसीपुर, कात्तिक १७ गते । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको मेट्रो कलेजमा अध्ययनरत विद्यार्थीले पुष्प खेतीबाट चार लाख रुपियाँ आम्दानी गरेका छन् । विद्यार्थीले प्रयोगात्मक अभ्यासअन्तर्गत पढ्दै–कमाउँदै कार्यक्रम अन्तर्गत कृषि वन विज्ञान विषय पढ्ने विद्यार्थीले पुष्प खेतीबाट सो आम्दानी गरेका हुन् । क्याम्पसको पाँच कठ्ठा जग्गामा गरिएको खेतिबाट विद्यार्थीले चार लाख आम्दानी गरेका […]

लक्ष्मण पौडेल / भैरहवा, कात्तिक १६ गते । लुम्बिनी विकास कोषद्वारा दशैंको अवसर पारेर सञ्चालित ‘धम्मयात्रा’ नामक बिजुली बसको अफिसियल यान्त्रिक परीक्षण सफल भएको छ । एसियाली विकास बैङ्कले लुम्बिनीलाई प्रदूषणमुक्त बनाउने उद्देश्यसाथ पाँच वटा बस र १४ वटा भ्यान कोषलाई प्रदान गरेको छ । दशैं तिहार र छठ पर्वसम्म सञ्चालन गरिएको यान्त्रिक परीक्षण सफल […]

काठमाडौं, कात्तिक १६ गते । निर्वाचन आयोगले १०० वटा मतदान केन्द्रलाई अपाङ्ग मैत्री मतदान केन्द्र बनाउने निर्णय गरेको छ । यी मतदान केन्द्रमा साङ्केतिक भाषा सूची, मतदान केन्द्रमा खटिने कर्मचारीलाई साङ्केतिक भाषा प्रयोगसम्बन्धी अभिमुखीकरण, मतदान गर्ने तरिकासम्बन्धी ब्रेल सामग्री, रङ्गीचङ्गी डोरी तथा पोल, र्याम्प निर्माण, ह्वीलचेयर प्रवेश गर्न सक्ने मतदान केन्द्र निर्माण, अपाङ्गता भएका व्यक्तिका […]

चन्द्र पन्दाक / ताप्लेजुङ, कात्तिक १५ गते । ताप्लेजुङका किसान कोदो खेतीतर्फ आकर्षित हुँदै गएका छन् । कोदोबाट फाइदा नहुने भन्दै खेती गर्न छोडिँदै गएकोमा पछिल्लो समय यसको खेतीतर्फ किसान आकर्षित हुँदै गएका हुन् । लगानी गरेअनुसार उत्पादन नहुने भन्दै किसानले कोदो खेती लगाउन छोड्दै लगेको बताइएको छ । कोदोलाई खाद्यान्न बालीकै रूपमा उपभोग गर्न […]

काठमाडौं, कात्तिक १५ गते । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले सुसूचित मतदाता तयार पार्न सञ्चारकर्मीको भूमिका अपरिहार्य रहेको बताउनुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगले कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन गरेको प्रदेशस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै आयुक्त तुलाधरले सो कुरा बताउनुभएको हो । उहाँले मतदानमा खसेको मत बदर नहोस् भन्ने आयोगको लक्ष्यमा […]

मीना कंडेल / कावासोती, कात्तिक १४ गते । वैदेशिक रोजगारीबाट राम्रो कमाउन आसमा बिदेशिएका युवाहरू अहिले स्वदेश फर्केर कृषि पेसामा रमाउन थालेका छन् । पूर्वी नवलपरासीबाट वैदेशिक रोजगारमा जाने अधिकांश युवाहरू पछिल्लो समय स्वदेशमा विदेशकोजस्तै परिश्रम गर्ने हो भने राम्रो कमाउन सकिन्छ भन्ने जोस र जाँगर बोकेर कृषिमुखी व्यवसायमा रमाउन थालेका छन् । पूर्वी नवलपरासी […]

काठमाडौं, कात्तिक १३ गते । ‘दधिराज सुवेदी’ पुरस्कार प्रतिष्ठान विराटनगरले यस वर्षको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार–२०७९’ वरिष्ठ कथाकार सनत रेग्मीलाई प्रदान गर्ने भएको छ । विगत लामो समयदेखि नेपाली भाषा साहित्यको क्षेत्रमा ६ दशकभन्दा बढी रेग्मीले दिनुभएको योगदानका लागि यस पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । यस पुरस्कारको राशि ५१ हजार रुपियाँ […]

काठमाडौं, कात्तिक १३ गते । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को भारतको नयाँदिल्लीको उडान कटौती भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सको आइतबार बिहान तय भएको दिल्ली उडान कटौती गरेको हो । भारतका तीन गन्तव्यमा उडान गरिरहेको नेपाल एयरलाइन्सलाई कारबाहीस्वरुप नयाँ दिल्ली गन्तव्यको उडान सङ्ख्यामा केही कटौती भएको निगमको वाणिज्य विभागले […]

काठमाडौं, कात्तिक १३ गते । निर्वाचन आयोगले अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त मतदान प्रक्रियाका लागि विशेष व्यवस्था गरेको छ । आइतबार सूचना निकाल्दै मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकताको आधारमा मतदान गर्ने व्यवस्था मिलाएको आयोगले जनाएको हो । आयोगले दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अन्य कुनै […]