समाचार

मधेश प्रदेश प्रमुख मिश्रको कार्यभार बागमती प्रदेश प्रमुख शर्मालाई

काठमाडौं, कात्तिक ६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रको कार्यभार बागमती प्रदेशका प्रमुख यादव चन्द्र शर्मालाई तोक्नुभएको छ । प्रदेश प्रमुख मिश्र कात्तिक ९ देखि ११ गतेसम्म भारतको झारखण्डको भ्रमणमा जाने कार्यक्रम रहेका कारण उहाँको अनुपस्थितिमा मन्त्रिपरिषद्को सिफारिस बमोजिम शर्मालाई कार्यभार तोकिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो । आचार्यले […]


व्यापारी भन्छन् ‘नरिवल, सुपारी र छोकडा छैन’

काठमाडौं, कात्तिक ६ गते । तिहारमा प्रयोग गरिने भाइमसला आयातमा आधाले घटेको छ । गत वर्षको तुलनामा यस वर्ष भाइमसला आयातमा एक अर्ब २७ करोड रुपियाँले घटेको देखिएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षमा एक अर्ब तीन लाख रुपियाँ बराबरको भाइमसला आयात भएको छ । सो मूल्यमा ५२ लाख केजी भाइमसला आयात भएको […]


उत्पादन घट्ने अनुमान

शान्ता अधिकारी / चितवन, कात्तिक ५ गते । चितवन जिल्लामा यस वर्ष धान उत्पादन पाँचदेखि सात प्रतिशत घट्ने पूर्वानुमान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख वरिष्ठ कृषि अधिकृत धनबहादुर थापाका अनुसार यस वर्ष ५ देखि सात ७ प्रतिशतसम्म उत्पादन घट्ने अनुमान छ । अनियमित वर्षा, कम गुणस्तरको बीउ, रासायनिक […]


सीमा व्यवस्थित गर्न सरकार लागिपरेको छ : गृहमन्त्री खाण

श्यामशङ्कर पाण्डे / लुम्बिनी, कात्तिक ५ गते । गृहमन्त्री बालकृष्ण खाणले हवाई तथा स्थल नाका व्यवस्थित गर्न सरकार लागिपरेको बताउनुभएको छ । सुरक्षा, पर्यटन प्रवर्धन तथा आर्थिक गतिविधि चलायमान गराउन नाका व्यवस्थित गर्न जरुरी रहेकाले सरकार त्यसतर्फ लागिपरेको उहाँको भनाइ छ। सत्ता गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका गृहमन्त्री खाणले […]


मङ्सिरमै सरकार गठनको बाटो खुल्छ : प्रमुख आयुक्त थपलिया

हरिप्रसाद कोइराला / इटहरी (सुनसरी), कात्तिक ४ गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर २२ गतेभित्र निर्वाचन परिणाम सार्वजनिक गरी साेही महिनाभित्र सरकार गठनको बाटो खोलिदिने बताउनु भएको छ । निर्वाचन आयुक्त थपलियाले शुक्रबार सुनसरीको इटहरीमा गोरखापत्र संस्थानले आयोजना गरेको निर्वाचन समाचार लेखन तथा बहुभाषा सन्देशसम्बन्धी अनुशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताउनु भएको […]


झिनियाँ रोटी उत्पादनबाट लाखौं आम्दानी

रमेश विश्वकर्मा / गुल्मी, कात्तिक ४ गते । गुल्मीमा लाखौं रुपियाँका झिनियाँ रोटी उत्पादन हुँदैआएको छ । यस जिल्लाको पुरानो व्यापारिक केन्द्रका रुपमा परिचित मुसिकोट नगरपालिकाको वामीटक्सारमा वार्षिक झण्डै ५० लाख रुपियाँ बराबरको झिनियाँ रोटी उत्पादन हुँदैआएको हो । नेवार समुदायले झिनियाँ रोटी व्यावसायिक रुपमा उत्पादन गर्दैआएका छन् । करिब एक सय घरधुरी नेवार समुदायको […]


फूलको मौसमः घरआँगनकै फूलबाट थैली भर्दै गृहिणी

महोत्तरी, कात्तिक ३ गते । दीपावली पर्व सर्वसाधारण गृहिणीलाई आफैँले नसोचेको आर्जनको अवसर बन्दैछ । घरआँगनमा शोभाका लागि लगाइएका फूलका बोटबाटै महोत्तरीका सर्वसाधारण गृहिणीले धेरथोर नगद थैलीमा भर्न पाएका छन् । दीपावली (तिहार) पर्व नजिकिएसँगै फूल खोज्ने व्यापारी घरघरै पुग्न थालेपछि महोत्तरी जिल्लाका गाउँ–नगर बस्तीका सर्वसाधारण गृहिणीका लागि आफ्नै घरआँगन र करेसामा शोभाका लागि लगाइएको […]


योगदानको कदर गर्न घरेलु श्रमिकको माग

काठमाडौँ, कात्तिक ३ गते । दक्षिण एसियाली घरेलु श्रमिकले अर्थतन्त्रमा आफ्नो मेहनतले गरेको योगदानको कदर हुनुपर्ने बताउनुभएको छ । राज्यले घरेलु श्रमिकले जोगाएको परम्परागत सीप, कलाको पहिचान गर्नुपर्ने मागसहित प्रदर्शन गरेको छ । दक्षिण एसियाली घरेलु श्रमिकको राजधानीमा चलिरहेको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनको दोस्रो दिन बिहीबार बिहान भृकुटी मण्डपबाट सुरु भएको महिला श्रमिकको र्‍याली सहिदगेट, […]


निर्वाचनको सुरक्षामा खटिने म्यादी प्रहरीलाई तालिम

रेखीराम राना / पाल्पा, कात्तिक २ गते। मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि पाल्पाबाट एक हजार २१५ म्यादी प्रहरी खटिने भएका छन्। २४६ मतदान केन्द्र र ११८ मतदान स्थलको सुरक्षाका लागि एक हजार २१५ जना म्यादी प्रहरी छनौट भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। छनौट भएका म्यादी प्रहरीका […]


आरक्षणसम्बन्धी व्यवस्था पुनरावलोकन गर्न सिफारिस

काठमाडौं, कात्तिक २ गते । आदिवासी जनजाति आयोगले समावेशीकरण एवम् आरक्षणसम्बन्धी वर्तमान व्यवस्थामा त्रुटि रहेको भन्दै पुनरावलोकन गर्न नेपाल सरकारलाई सिफारिस गरेको जनाएको छ । समावेशीकरण समूह अन्तर्गत आदिवासी जनजातिमध्ये पनि पहुँचवाला र निश्चित वर्ग विशेषले मात्र आरक्षण उपयोग गरिरहेको भन्दै आयोगले पुनरावलोकन गर्न सरकारलाई सिफारिस गरेको जनाएको हो । आयोगले बुधबार पत्रकार सम्मेलन गरी […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter