
काठमाडौं, असोज २७ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट आफू नेतृत्वको सरकारमा मन्त्रीभएकाहरुलाई पदमुक्त गर्नुभएको छ । जसपाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले सो दलबाट मन्त्रीभएकालाई आज बिहीबार पदमुक्त गर्नुभएको हो । प्रधानमन्त्री देउवाले जसपाबाट मन्त्रीभएका राजेन्द्र श्रेष्ठ (सङ्घीय मामिला तथा सामान्य मन्त्री), मृगेन्द्रकुमार […]

काठमाडौं, असोज २६ गते। गृहमन्त्री बालकृष्ण खाणले अविरल वर्षाबाट भएको क्षतिबारे तथ्य सङ्कलन गरी तत्काल प्रस्तुत गर्न निर्देशन दिएका छन् । बुधवार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणीन्द्रमणि पोखरेलले गृहमन्त्री खाणले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका बाँके, बर्दिया र दाङ लगायतका जिल्लामा पछिल्लो समय आएको अविरल […]

ताप्लेजुङ, असोज २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्न दशैँको अवधिमा मात्र करिब १६ हजार भक्तजन आएका छन्। दशैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन्। दशैँ र तिहारको अवधिलार्ई पाथीभरा दर्शनका लागि मुख्य मौसम मानिन्छ। यस वर्षको मुख्य सिजन नवरात्र अर्थात् घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको अवधिमा कुल १५ हजार ९२९ […]

काठमाडौं, असोज २५ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले गैर नागरिकतासम्बन्धी ऐनलाई संशोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । मङ्गलबार गैर आवासीय नेपाली सङ्घको वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले निकट भविष्यमा गैर नागरिकतासम्बन्धी ऐनलाई सरकारले संशोधन गर्ने प्रतिबद्धता जनाउनुभएको हो । प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘तपाईँहरूले धेरै उठाउँदै आएको कुरा नागरिकतासम्बन्धी सवाललाई पनि निकट भविष्यमा गैर […]

राजन रावत / हुम्ला, असोज २५ गते। हिउँले लिमीको जग्गामा पाकेको उवा बालीमा क्षति पुर्याएको छ। नाम्खा गाउँपालिका-६ को हिमालपारिको गाउँ लिमीको तील गाउँका स्थानीय टुन्जोक तामाङले जग्गामा पाकेर काटेर राखिएको बालीमा हिमपातले क्षति गरेको जानकारी दिनुभयो। मेशिनबाट दाना निकाल्नका लागि थुप्रो बनाएर राखेको बालीमा हिमपातले क्षति गरेको हो। काटेर मिलमा चुट्नका लागि तयारी गर्दागर्दै […]

काठमाडौं, असोज २३ गते । अमेरिकी डलरको मूल्य लगातार उकालो लागेको छ । यसबाट नेपाली मुद्रा थप कमजोर बन्न पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको मूल्यअनुसार एक अमेरिकी डलरको खरिददर एक सय ३२ रुपियाँ ४२ पैसा छ भने बिक्रीदर एक सय ३२ रुपियाँ दुई पैसा तय गरिएको छ । अमेरिकी डलरको […]

काठमाडौं, असोज २३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले बीमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, सार्वजनिक ऋण व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गर्नुभएको हो । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता […]

राजन रावत / हुुम्ला, असोज २२ गते । दशैंको टीकाको दिन यता नेपालगञ्ज क्षेत्रबाट उडान हुने कर्णाली प्रदेशका हिमाली जिल्लामा हवाई सेवा अवरुद्ध भएको छ । एयरलाइन्स कम्पनीका जहाजहरू काठमाडौं फर्कनु र मौसम पनि सफा नभएको कारण चार दिनदेखि हवाई सेवा अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन् । नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका निमित्त कार्यालय […]

काठमाडौं, असोज २२ गते । राष्ट्रपति विद्यादेवी भण्डारी भाइरल ज्वरोका कारण महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना हुनुभएको छ । राष्ट्रपति भण्डारीको स्वास्थ्यमा समस्या देखिएपछि स्वास्थ्य परीक्षणका लागि उहाँ अस्पताल भर्ना हुनुभएको उहाँको मुख्य स्वकीय सचिव डा. भेषराज अधिकारीले जानकारी दिनुभयो । “राष्ट्रपतिज्यूको शिक्षण अस्पतालमा रगतसहित अन्य स्वास्थ्य परीक्षणको काम भइरहेको छ, भाइरल ज्वरो बढेपछि डेङ्गी रोग […]

सिर्जना खत्री / काठमाडौं, असोज २० गते । दशै भन्नेबित्तिकै धेरैको मानसपटलमा रातो टीका र जमराको विषय आउँछ । दशैंको पहिलो दिन अर्थात् घटस्थापनाको दिन सूर्यको प्रकाश नपर्ने अँध्यारो स्थानमा खोलाबाट ल्याएको शुद्ध माटोमा धान, गहुँ, मकै, जौंबाट उमारिएको जमरा दशमीको दिन मान्यजनको हातबाट टीका र जमरा थापेर आशीर्वाद लिने परम्परा छ । हामीमध्ये धेरैलाई […]