समाचार

सन्दीप लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरी नियन्त्रणमा

दीपा चाैधरी / काठमाडौँ, असोज २० गते । एक युवतीलाई जबर्जस्ती करणीको आरोप लगेका क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ । कतार एयरवेजको विमानबाट बिहीबार (आज) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बिहीबार कतार एयरवेजको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए […]


नारी शक्ति दर्साउने ‘मालश्री’ धुन

काठमाडौं, असोज १८ गते। नेपालीको महान् चाड विजया दशमीको आगमनसँगै मन्दिर लगायत घरघरमा मालश्री धुन गुन्जिरहेको छ। मालश्री धुन बज्न थालेपछि हरेक नेपालीमा वडा दशैं सुरु भएको महसुस गर्न सकिन्छ। विगत लामो समयदेखि सितार बजाउँदै आउनुभएका सितार वादक सिता मैया राजचलका अनुसार दशैं सुरु भएपछि विभिन्न बाजागाजासहित मालश्री धुन बजाउने चलन धेरै पुरानो हो। दशैंमा […]


बाख्रा पालनबाट महिलाको आयस्तरमा वृद्धि

अमरराज नहर्की / तनहुँ, असोज १८ गते । तनहुँको भिमाद नगरपालिका र घिरिङ गाउँपालिकाको महिलाको बाख्रा पालनबाट आयस्तर परिवर्तन भएको छ । दुई पालिकाबाट यसपालिको दशैंमा खसी र बोका बिक्री गरी झण्डै तीन करोड रुपियाँ महिलाले आम्दानी गर्न सफल भएका छन् । सहकारीमा आबद्ध महिलाहरूले दुई करोड ५० लाख र अन्य कृषकहरूले ५० लाख गरी […]


राष्ट्रपति भण्डारीद्वारा पलाञ्चोक भगवतीको दर्शन

केदार तिमल्सिना / काभ्रेपलाञ्चोक, असोज १७ गते । बडादशैं अन्तर्गतको नवरात्रीको अष्टमीको दिन राष्ट्रपति विद्यादेवी भण्डारीले आज सोमबार काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका –९ मा रहेको पलान्चोक भगवतीको दर्शन गर्नुभएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत सोमबार बिहान उहाँ पाँचखालस्थित वीरेन्द्र सैनिक कार्य तालिम केन्द्रसम्म आउनुभएको थियो । बिहान साढे ९ बजे तालिम केन्द्र आइपुग्नुभएकी राष्ट्रपति भण्डारी […]


दशैंसँगै रामलीलाको रौनक

राँझा, असोज १७ गते । नेपालगञ्जको सांस्कृतिक पहिचानको रुपमा डेढसय वर्षदेखि सञ्चालन हुँदै आएको रामलीला महोत्सवले दशैं पर्वको रौनक ल्याएको छ। प्रत्येक वर्ष दशैंका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा रामलीला महोत्सव मञ्चन हुँदै आएको छ। यो वर्ष रामलीलाको एक सय ५५ औैं संस्करण असोज १० गते घटस्थापनादेखि प्रारम्भ भएको छ। रामलीला महोत्सव यो वर्ष भव्यताका साथ […]


तोकियो निर्वाचनका लागि खर्चको सीमा

काठमाडौं, असोज १६ गते। निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दल वा उम्मेदवारले गर्ने खर्चको अधिकतम हद (सीमा) तोकेको छ। आयोगले निर्वाचन क्षेत्रको मतदाता सङ्ख्या, मतदान केन्द्रको सङ्ख्या र क्षेत्रफललाई आधार मानी सूत्रमा आधारित भएर विद्यमान कानुनबमोजिम निर्वाचनका लागि खर्चको हद तोकेको हो। खर्चको सीमा तोकिनुपूर्व आयोगले दलहरूसँग गरेको परामर्शमा सबै […]


कत्थकको तीन दिने कार्यशाला सम्पन्न

काठमाडौं, असोज १५ गते। नेपाःडान्स एकेडेमीको आयोजनामा काठमाडौंमा तीन दिनसम्म चलेको कत्थक कार्यशाला सम्पन्न भएको छ। कार्यशालामा भारतका कत्थक गुरु कुमार शर्माले प्रशिक्षण तथा कत्थक नृत्यको बारे जानकारी दिनुभयो। कार्यशालामा सहभागी ५० बढी प्रशिक्षार्थीलाई तीन समूहमा विभाजन गरेर प्रशिक्षण दिइएको थियो। कार्यशालाको समापन समारोहमा सम्पूर्ण प्रशिक्षार्थीले एकसाथ प्रस्तुति दिएका थिए। काठमाडौं महानगरपालिकाका उप प्रमुख सुनिता […]


सुपथ मूल्य पसलमा चिनी र दुग्धजन्य पदार्थको अभाव

विष्णु पाण्डेय / काठमाडौं, असोज १५ गते । असोज १ गतेबाट सुरु भएको सुपथ मूल्य पसलमा चिनी तथा दुग्धजन्य पदार्थको अभाव देखिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुरु गरेको सुपथ मूल्यका पसलमा चिनी र दुग्धजन्य पदार्थ नभेटिएको उपभोक्ताहरुको भनाइ छ । उपभोक्ताहरु सुपथ मूल्यमा चिनी र दुग्धजन्य दपार्थ पनि पाइने आशाले सुपथ […]


महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयको उद्घाटन

त्रिभुवनचन्द्र वाग्ले, काठमाडौं, असोज १४ गते। महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयको उद्घाटन गरिएको छ। काठमाडौँ महानगरपालिका–३०, मैतीदेवी कविकुज्जस्थित महाकवि देवकोटाको घरलाई पुनः निर्माण गरी सङ्ग्रहालय बनाइएको हो। नेपाल प्रज्ञा प्रतिष्ठान अन्तर्गत रहने सो सङ्ग्रहालय निर्माणका लागि नेपाल सरकारले देवकोटा परिवारसँग उक्त घर, जग्गाको मोहियानी हक प्राप्त गरेको थियो। उक्त जग्गा गुठी संस्थान अन्तर्गतको गुठी रहेकाले संस्थानको […]


प्राकृतिक सम्पदाको दोहन हुँदा राज्य संयन्त्र मौन छ : पूर्व राष्ट्रपति यादव

काठमाडौं, असोज १४ गते । पूर्व राष्ट्रपति डा. रामवरण यादवले प्राकृतिक सम्पदाहरुको दोहन हुँदा समेत राज्य संयन्त्र मौन रहेको भन्दै दुःखेसो गर्नुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित १५३ औं गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसलाई सम्बोधन गर्नुहुँदै पूर्व राष्ट्रपति यादवले सो कुरा बताउनुभएको हो । पूर्व राष्ट्रपति यादवले प्रकृति दोहनका कारण हिमालको हिउँ आवश्यकभन्दा धेरै […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter