समाचार

सुविधा सम्पन्न आँखा अस्पताल उद्घाटन

विजयकुमार साह / ढल्केवर, असोज ७ गते । धनुषाको ढल्केवरमा सुविधा सम्पन्न आँखा अस्पतालको उद्घाटन भएको छ । नवनिर्मित रेयुकाई एईको मसनागा आँखा अस्पतालको उद्घाटन शुक्रबार एक समारोहबीच अमेरिकन सामाजिक संस्था डुली इन्टर्मेडका अध्यक्ष स्टक हेमिल्टनले गर्नुभएको हो । बनेपास्थित रेयुकाई एईको मसुनागा आँखा अस्पतालले शाखाको रूपमा ढल्केवरमा अस्पताल निर्माण गरी सञ्चालनमा ल्याएको छ । […]


प्रभावकारितामा आशङ्का

काठमाडौँ, असोज ७ गते । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिका लागि पुनः एकीकरण गर्नेगरी सरकारले ल्याएको कार्यक्रमको कार्यान्वयनमा आशङ्का व्यक्त गरिएको छ । वैदेशिक रोजगारबाट फर्केकालाई पुनः एकीकरण गर्ने कार्यक्रमले आर्थिकबाहेकका पक्षमा ध्यान नदिएकाले यसको प्रभावकारितामा आशङ्का गरिएको हो । मानव अधिकारका लागि जनमञ्च पिपुल फोरमले बिहीबार राजधानीमा आयोजना गरेको ‘वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिका लागि पुनः […]


सुरक्षा निकायका प्रमुखबीच निर्वाचन सुरक्षाको विषयमा छलफल

काठमाडौं, असोज ६ गते । निर्वाचन सुरक्षाका विषयमा सुरक्षा निकायका प्रमुखबीच छलफल भएको छ। बिहीबार सैनिक मुख्यालय जंगी अड्डामा प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाबीच छलफल भएको हो। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन […]


लक्ष्यभन्दा बढी राजस्व

लक्ष्मी सापकोटा / काठमाडौँ, असोज ६ गते । काठमाडौँ महानगरपालिकाले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आव २०७८/७९ मा नौ अर्ब ८७ करोड १३ लाख रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा १० अर्ब ६० करोड ४८ लाख ३७ हजार ८६० रुपियाँ राजस्व सङ्कलन भएको महानगरले जनाएको छ । यो लक्ष्यको ११६ […]


भारतबाट दूध आयात गर्न कृषि मन्त्रालयले दियो अनुमति

काठमाडौँ, असोज ५ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट कच्चा दूध ल्याउन डेरी उद्योगीहरूलाई अनुमति दिएको छ । चाडपर्वको समय दूधको अभाव भयो भन्दै डेरी उद्योग सङ्घले कृषि मन्त्रालयसँग दूध आयातको अनुमति मागेको थियो । त्यहीअनुसार कृषि मन्त्रालयले गत आइतबार सो अनुमति दिएको हो । असोज मसान्तसम्मका लागि सो अनुमति दिइएको डेरी उद्योग […]


प्राधिकरणले जापानको सहयोगमा सहरी क्षेत्रको विद्युत् प्रसारण विस्तार गरिँदै

काठमाडौं, असोज ५ गते । नेपाल विद्युत् प्राधिकरणले जापान सरकारको सहुलियतपूर्ण ऋणमा काठमाडौँ उपत्यका र पोखराको सहरी क्षेत्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली विस्तार तथा सुधार गर्ने भएको छ । जापान सरकारबाट प्राप्त हुने करिब १४ अर्ब दुई करोड रुपियाँ (१५९.०१ करोड जापानी येन) बाट १३२ केभी क्षमताका ५ वटा नयाँ सबस्टेसन निर्माण गरिने छ […]


‘विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गरिएको छ’

काठमाडौं, असोज ४ गते । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबैभन्दा सस्तो इन्धन विद्युत् नै भएकाले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गरिएको बताउनुभएको छ। सुन्दर ट्रेडर्स प्रालिले मंगलबार आयोजना गरेको चार्जिङ स्टेशन प्रदर्शनी कार्यक्रममा निर्देशक घिसिङले विद्युतको प्रयोग बढाएर देश समृद्ध बनाउन सकिने बताउनुभयो। सवारीसाधनलगायतमा विद्युत्को प्रयोग बढाउन सकिने उहाँको धारणा छ। “पहिले लोडसेडिङ हुने […]


अठार सयको आँखा जाँच, दुई सय ५० जनाको शल्यक्रिया

राधा लुइटेल / फिदिम, असोज ४ गते। पाँचथरको फिदिममा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा दुई सय ५० जनाको अप्रेसन गरिएको छ। मोतियाबिन्दु र आँखामा ऐजेरु पलाएका यत्तिका बिरामीको आँखा अप्रेसन गरिएको हो। शिविरमा १ हजार ८ सय ६ जनालाई आँखा जाँच गरेर औषधि वितरण गरिएको छ। फिदिम नगरपालिकाको आर्थिक सहयोगमा जिल्लाको परोपकारी संस्था जनसेवा समाजको […]


पीपीए खोल्ने तयारी

काठमाडौँ, असोज ३ गते । नेपाल विद्युत् प्राधिकरणले एक हजार पाँच सय मेगावाट क्षमतासम्म जलप्रवाही (आरओआर) आयोजनाका लागि विद्युत् खरिद बिक्री सम्झौता खुला गर्ने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका पदाधिकारीसँगको भेटमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यसबारे सबै अध्ययन सकेर प्राधिकरण सञ्चालक समितिमा प्रस्ताव पेस गरिसकेको जानकारी दिनुभएको हो । इप्पानका अनुसार […]


किसानलाई परिचयपत्र दिने तयारी

काठमाडौँ, असोज २ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसान वर्गीकरण गरी परिचयपत्र वितरणको गृहकार्य सुरु गरेको छ । हालसम्म सूचीकृत भइसकेका सात लाख ६५ हजार किसानलाई वर्गीकरण गरी परिचयपत्र वितरण गर्ने गृहकार्य सुरु भएको कृषि मन्त्रालयका उपसचिव तथा किसान सूचीकरण कार्यक्रमका प्रमुख शिवनन्दन साहले जानकारी दिनुभयो । दशैँपछि किसान वर्गीकरणको कामलाई अगाडि बढाउने […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter