
विष्णु पाण्डेय / काठमाडौं, जेठ ३१ गते। बेलायत सरकारबाट माग भए बमोजिम नर्सिङ जनशक्ति पठाउने योजनाअनुरूप श्रम समझदारीपत्रमा हस्ताक्षरका गर्नका लागि मन्त्रिपरिषद् प्रस्ताव पठाइएको छ। पछिल्लोपटक बेलायतको डिपार्टमेन्ट अफ हेल्थ सर्भिस, नेसनल हेल्थ सर्भिसका प्रतिनिधि तथा काठमाडौंस्थित बेलायती दूतावासका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीचको छलफलबाट श्रम समझदारीपत्रको मस्यौदा तयार पारिएको हो। अब उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट […]

काठमाडौं, जेठ ३१ गते । निर्वाचन आयोगले असार १ गतेदेखि देशभर मतदाता नामावली सङ्कलन तथा अध्यावधिक कार्य पुनः सुचारु गर्ने भएको छ । मङ्गलबार आयोगले पत्रकार सम्मेलत गर्दै आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी असार १ गते बुधबारदेखि देशभर मतदाता नामावली सङ्कलन तथा अध्यावधिक कार्य पुनः सुचारु गर्ने जनाएको हो । मतदाता नामावली […]

काठमाडौं, जेठ ३० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार कसुरमा निर्वाचित जनप्रतिनिधि स्वतः निलम्बनको व्यवस्था रहेको जनाएको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले सोमबार प्रेस विज्ञप्ति जारी गर्नुहुँदै स्थानीय तहमा सर्लाहीका ईश्वरप्रसाद नगरपालिका ११ को अध्यक्षमा निर्वाचित रामदुलार साह र वडा सदस्य उमेश रायविरुद्वको मुद्दा अन्तिम किनारा नभएको बताउनुभयो । भ्रष्टाचार निवारण ऐन, २०५९ […]

तिलाचन पाण्डे / तम्घास, जेठ ३० गते । जनप्रतिनिधिहरुले दीर्घकालीन सोचका साथभन्दा पनि क्षणिक लोकप्रियताका लागि निर्णय गर्नेहरुको होडबाजी चल्न थालेको छ । निर्वचित भए पश्चात् सस्तो लोकप्रियता कमाउनका लागि गुल्मीका जनप्रतिनिधिहरुले नयाँ नयाँ निर्णय गर्दै आएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिकाले लुम्बिनी प्रदेश मातहत रहेको गुल्मी अस्पताललाई डाइलाइसिस मेसिन खरिद गरेर हस्तान्तरण गर्ने निर्णय […]

काठमाडौँ, १६ जेठ : प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कारविरुद्धको उजुरीमा हदम्याद नलाग्ने गरी कानुन संशोधनको विधेयक संसद्मा चाँडै प्रस्तुत गरिने बताउनुभएको छ । चौथो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज आयोजित मूल समारोहको कार्यक्रममा प्रधानमन्त्री देउवाले महिला हिंसाका घटनामा सरकारले शून्य सहनशीलता अपनाउने र लैङ्गिक समानताका लागि संविधानले दिएको समावेशी समतामूलक हकअधिकार कार्यान्वयनका लागि सक्दो पहल […]

काठमाडौं, जेठ १६ गते । नेपाली सेनाको अगुवाईमा जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप संचालन भएको ‘सफा हिमाल अभियान २०२२’ अन्तर्गत कञ्चनजंघा हिमालबाट संकलन गरिएको नकुहिने १२,३५६ केजी तौल फोहोर अभ्नी भेञ्चर्स प्रालिलाई हस्तान्तरण गरिएको छ । सेनाले अभियानसँग सम्बद्ध निकाय युनिलिभर नेपाल लिमिटेड, जावलाखेल डिष्ट्रिलरी, नेपाल डिष्ट्रिलरी, ईम्प्याक्ट मिडिया लगायत अन्य संघ, […]

चन्द्र पन्दाक / ताप्लेजुङ, जेठ १५ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न सुरु गरिएको छ । गाउँपालिका अध्यक्षले प्रयोग गर्ने अर्थात चढ्ने गाडी (सवारी साधन) लाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न सुरु गरिएको हो । गाउँपालिकाको गाडी आफू नचढी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गर्नुभएका नवनिर्वाचित अध्यक्ष राजन लिम्बू (मुक्ति) ले पालिकाको […]

काठमाडौं, जेठ १४ गते। प्रतिनिधिसभा बैठकबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम शनिबार सदनबाट बहुमतले पारित भएको हो। नीति तथा कार्यक्रममाथि छलफल सकिएपछि नीति तथा कार्यक्रम संशोधनका छ वटा प्रस्ताव पेश भएका थिए। संशोधनका लागि […]

काठमाडौं, जेठ १४ गते । रामचन्द्र काफ्ले र गोपाल मोक्तान पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पारा साइक्लिङ प्रतियोगितामा शनिबार पहिलो हुनुभएको छ । रामचन्द्र शारीरिक अपाङ्गको एम्पुटी तथा गोपाल कुष्ठरोग प्रभाविततर्फ पहिलो हुनुभएको हो । राष्ट्रिय पारा साइक्लिङ सङ्घको समन्वयमा राष्ट्रिय खेलकुद परिषले आयोजना गरेको प्रतियोगिताको शारीरिक अपाङ्गको एम्पुटीतर्फ सुजन भण्डारी दोस्राे तथा कृष्ण गुरुङ तेस्राे […]

काठमाडौं, जेठ १३ गते। विश्वका धेरै मुलुकमा देखापरेको मङ्कीपक्स रोग नेपाल पनि जोखिममा रहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि अहिलेसम्म मङ्किपक्सका सङ्क्रमित फेला नपरेको बताउनुभयो। उहाँले नेपालमा सङ्क्रमण नदेखिए पनि सचेत हुनुपर्ने बताउनुभयो। यो रोग भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो। सङ्क्रमित व्यक्ति वा पशुसँग नजिकको […]