समाचार

दक्षिण एसियामा सबैभन्दा बढी खुसी देश नेपाल र नेपाली

काठमाडौं, चैत ५ गते । सबैभन्दा बढी खुसी हुने देशको रुपमा नेपाल दक्षिण एसियामा पहिलो भएको छ । सन् २०१९ देखि २१ सम्ममा गरिएको सर्वेक्षणमा वर्ल्ड ह्यापिनेस प्रतिवेदनअनुसार नेपाल यस क्षेत्रमा पहिलो भएको हो । नेपाल विश्वमा ८४ औं स्थानमा परेको छ । त्यसपछि बंगलादेश (९४), पाकिस्तान (१२१), श्रीलंका (१२७), भारत (१३६) र अफगानिस्तान (१४६) […]


२४ घण्टामा थप आठ जनामा कोरोना संक्रमण : ४०९ डिस्चार्ज

काठमाडौं, चैत ५ गते। पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ सय ९३ जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा संक्रमण पुष्टि भएको हो। त्यसैगरी २५ सय ५० जनाको एन्टीजेन परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको छ। पीसीआर र एन्टीजेन गरेर कुल चार हजार ५४३ जनाको परीक्षण […]


जयनगर–जनकपुर रेल महिनामा १५ दिन मात्र चल्ने

लक्ष्मी चौधरी / जनकपुरधाम, चैत ३ गते । एक महिनादेखि जयनगर–जनकपुर नियमित चलिरहेको रेल अब महिनामा १५ दिन मात्र चल्ने भएको छ । एक महिनादेखि यात्रुबिना नियमित सञ्चालित रेल होलीपछि महिनाको १५ दिन मात्र चलाइने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो । उहाँले ड्राईरन सफल भए पनि उदघाटन मिति भने अझैं टुङ्गो लाग्न […]


२४ घण्टामा २२ जनामा कोरोना पुष्टि : मृत्यु शून्य

काठमाडौं, चैत ३ गते। पछिल्लो २४ घण्टामा १६ सय ५४ जनाको पीसीआर परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा बिहीबार २२ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार ३ हजार ९३ जनाको एन्टीजेन परीक्षण गर्दा पाँच जनामा संक्रमण पुष्टि भएको छ। यो अवधिमा कसैकाे पनि मृत्यु भएकाे […]


राष्ट्रिय सुरक्षा र प्रतिरक्षालाई सुदृढ तुल्याउँदै लैजानुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ, चैत २ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिको स्वीकृत कार्ययोजनालाई समयमै प्रभावकारी कार्यान्वयनमा ल्याई राष्ट्रिय सुरक्षा र प्रतिरक्षालाई सुदृढ गर्दै लैजान आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१औँ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षा र प्रतिरक्षाको प्रभावकारी कार्यान्वयनका लागि कार्ययोजना तयार गरी सम्बन्धित मन्त्रालय र निकायमा पठाइसकिएको जानकारी दिनुभयो […]


२४ घण्टामा ४१ जनामा कोरोना संक्रमण पुष्टि : मृत्यु शून्य

काठमाडौं, चैत २ गते। पछिल्लो २४ घण्टामा नेपालमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रका अनुसार चार हजार ७९० जनाको पीसीआर परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको हो। त्यसैगरी १३ सय ८५ जनाको एन्टीजेन परीक्षण गर्दासमेत ४१ जनामै संक्रमण देखिएको छ। २४ घण्टामा कोरोना जित्नेको संख्या […]


कृषिलाई प्राथमिकता; किसान, व्यवसायी र विज्ञबाट विभिन्न सुझाव पेस

काठमाडौँ, चैत २ गते । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणको गृहकार्य थालेको छ । मन्त्रालयले मङ्गलबार कृषिसँग सम्बन्धित सरोकारवालासँग अन्तक्र्रिया गर्दै बजेट निर्माणको गृहकार्य थालेको हो । छलफलमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले कृषिलाई पहिलो प्राथमिकतामा राखेर सुझाव सङ्कलन थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी आर्थिक २०७९/८० को बजेटमा कृषिमा अनुदान होइन, […]


२४ घण्टामा थप ५७ जनामा सङ्क्रमण, मृत्यु शून्य

काठमाडौं, चैत १ गते । पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चार हजार ७३४ जनाको पीसीआर परीक्षण गर्दा ५७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा तीन हजार १५० जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार सात हजार […]


नेपाल युएई संयुक्त समिति बैठक : नेपाली श्रमिकको सामाजिक सुरक्षा र पारिश्रमिक वृद्धिमा जोड

काठमाडौं, चैत १ गते । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) को संयुक्त समिति बैठक आज आबुधावीमा हुँदैछ । उक्त बैठक उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संसाधनमन्त्री डा. अव्दुलरहमान अव्दुलमानन अल अवारले सम्बोधन गर्नुहुने बताइएको छ । उद्घाटन सत्रपछि सुरु हुने प्राविधिक समूहको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्रालयका […]


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजले नियमित उडान गर्ने

काठमाडौं, फागुन ३० गते । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतकोे जजिरा एयरवेजले पहिलो व्यावसायिक उडान भर्ने भएको छ । जजिराले आगामी जेठ २ गते (बुद्ध जयन्ती) देखि नियमित उडान गर्नेगरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिएको छ । प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार जजिराले दैनिक एक नियमित उडान गर्नेगरी निवेदन […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter