
काठमाडौँ, मङ्सिर १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनै पनि प्रकारको लैङ्गिक हिंसा तथा विभेदलाई किञ्चित नसहने बताउनुभएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका लागि सन्देश दिँदै उहाँले राज्यसँग उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गरी महिलाको जीवनस्तर माथि उठाई समृद्ध समाज निर्र्माण र तिनको अधिकार सुरक्षित गर्न सरकार अग्रसर रहेको बताउनुभयो […]

काठमाडौं, मङ्सिर १० गते । नेपालमा कोरोना भाइरसका एक हजार ९४८ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २६ हजार २६ पुगेको छ । योसँगै सक्रिय सङ्क्रमित संख्या १६ हजार ६३९ छन् । नेपालमा पछिल्लो २४ घण्टामा नाै हजार २१० वटा नमुनाको आरटी पीसीआरको परीक्षणमा सो संख्यामा संक्रमितहरु थपिएका […]

काठमाडौं, मङ्सिर ९ गते । नेपालमा कोरोना भाइरसका एक हजार ७९० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २४ हजार ७८ पुगेको छ । योसँगै सक्रिय सङ्क्रमित संख्या १७ हजार ८५९ छन् । नेपालमा पछिल्लो २४ घण्टामा दशहजार ८४३ वटा नमुनाको आरटी पीसीआरको परीक्षणमा सो संख्यामा संक्रमितहरु थपिएका हुन् […]

काठमाडौँ, मङ्सिर ९ गते। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगको तयारी कक्षा पढाउने कर्मचारीका लागि मापदण्ड र कार्यविधि बनाउने भएको छ । तत्काललाई सम्बन्धित मन्त्रालयको सचिवले स्वीकृतका लागि सिफारिस गर्ने भए पनि दीर्घकालीनका लागि मापदण्ड र कार्यविधि बनाइने मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिनुभयो । सरकारले राष्ट्रसेवक कर्मचारीलाई लोकसेवा आयोगबाट वा अन्य निकायबाट […]

काठमाडौं, मङ्सिर ८ गते । नेपालमा कोरोना भाइरसका एक हजार ९८० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २२ हजार २८८ पुगेको छ । यो सँगै सक्रिय सङ्क्रमित संख्या १८ हजार ८८४ रहेका छन् । दश हजार ३८१ आरटी पीसीआर परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा […]

काठमाडौँ, मङ्सिर ८ गते। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेखित राजश्व सङ्कलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न मन्त्रालय र मातहका कर्मचारीलाई निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालयका सचिवहरु, आन्तरिक राजश्व विभाग र भन्सार विभागका महानिर्देशक, भन्सार तथा आन्तरिक राजश्व कार्यालयका प्रमुखलगायत सहभागितामा आज आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले कोभिड–१९ ले सिर्जना गरेका […]

बनेपा, मङ्सिर ७ गते । जिल्लाको महाभारत क्षेत्रको सबैभन्दा अग्लो डाँडा हो ‘बेथानचोक नारायणस्थान डाँडा’ । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ मा पर्ने सो डाँडा एकातिर जिल्लाकै सबैभन्दा अग्लो स्थान, अर्कोतर्फ धार्मिक दृष्टिकोणले पनि ऐतिहासिक धार्मिक नारायणको मन्दिर । यी दुवै कारणले बेथानचोक नारायणस्थान डाँडा निकै चर्चामा छ । भूगोलको हिसाबले निकै अग्लो रहेको सो ठाउँमा अचेल […]

काठमाडौँ, मङ्सिर ७ गते । सुक्खायाममा सहज रुपमा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम् २५० मेगावाटसम्म विद्युत् आयात गर्ने भएको छ । विशेषगरी माघ, फागुनमा नदीमा जलसतह कम हुने तथा प्राधिकरण र निजी क्षेत्रका आयोजनामा समेत कम विद्युत् उत्पादन हुने भएकाले बिजुली व्यवस्थापनका लागि भारतबाट विद्युत् आयात गर्न लागिएको हो । प्राधिकरणले सन् […]

काठमाडौं, मङ्सिर ७ गते ।नेपालमा कोरोनाभाइरसका एक हजार ६६९ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २० हजार ३०८ पुगेको छ । यो सँगै सक्रिय सङ्क्रमित संख्या १९ हजार ९६३ रहेका छन् । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको प्रेस ब्रिफिङमा थप १६ जनाको मृत्यु भएको जानकारी दिनुभयो । […]

काठमाडौं, मङ्सिर ६ गते । नेपालमा कोरोनाभाइरसका एक हजार ६७४ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख १८ हजार ६३९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा करिब दश हजार जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ६७४ जनामा सङ्क्रमण पुष्टि भएको […]