समाचार

मन्त्रिमण्डल विस्तार, आठ राज्यमन्त्री थपिए

काठमाडौँ, भदौ ४ गते। प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफ्नो मन्त्रिमण्डल विस्तार गर्नुभएको छ ।उहाँले मन्त्रिमण्डलमा आठ जना राज्यमन्त्री थप गर्नुभएको हो । प्रधानमन्त्री देउवाको नेतृत्वमा गत जेठ २४ गते गठन भएको मन्त्रिमण्डल आज विस्तार भएसँगै ३१ सदस्यीय भएको छ । मन्त्रिमण्डलमा तीन उपप्रधानमन्त्री, १९ मन्त्री र आठ राज्यमन्त्री हुनुहुन्छ । मोहम्मद जाकिर हुसेन (महिला, बालिकालिका […]


तरकारी खेतीमा प्रख्यात बन्दै लक्ष्मिनियाँका किसान

महोत्तरी, भदौ ३ गते । गौशाला नगगरपालिका– १२ (साविकका लक्ष्मिनियाँ गाविस –७ का ६५ वर्षिय रामचन्द्र महतो तरकारी खेती गरेर मनग्य आम्दानी गर्ने गरेका छन् । केहीवर्ष अगाडिमात्रै शिक्षक सेवाबाट अवकास पाउनुभएका महतोले वैज्ञानिक विधिद्वारा आफ्नै खेतमा हरियो तरकारी उत्पादन गरेर मासिक हजाराँै रुपैयाँ कमाउन सफल भएका हुन् । कम्पोस्ट मलको सट्टामा प्रांगारिक मल, कीटनाशक […]


बाढीले बगाउँदा करिब रु ५० करोड मूल्य बराबरको क्षति

वीरगञ्ज, भदौ ३ गते । बारामा सञ्चालित माछा सुपरजोनमा बाढीले बगाउँदा करिब रु ५० करोड मूल्य बराबरको क्षति भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित माछा सुपरजोनमा करिब सात सय मेट्रिकटन माछा बगाएर सो मूल्य बराबरको क्षति भएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, इकाइ ( माछा सुपरजोन) सिम्रोनगढ बाराकाअनुसार केही दिन अघिको अविरल […]


विराटनगर विमानस्थल आंशिक रुपमा सञ्चालन

मोरङ, भदौ ३ गते । बाढी र डुबानका कारण धावनमार्गमा पानी र हिलो जमेपछि एक सातादेखि बन्द रहेको विराटनगर विमानस्थल आज आंशिक रुपमा सञ्चालन भएको छ । धावनमार्गको हिलो र पानीको सरसफाइ सकिएपछि विमानस्थल आजदेखि उडान गर्न योग्य भएको नेपाल नागरिक उड्ड्यन प्राधिकरण विराटनगरका प्रमुख सुरेशमान सिंहले बताउनुभयो । सिंहका अनुसार विमानस्थल क्षेत्रका विद्युतीय उपकरणहरुको […]


नेपालको मौसम अध्ययन गरी फर्कियो रुसी विमान

काठमाडौँ, भदौ २ गते । नेपालको उच्च मौसमी अध्ययन गर्न काठमाडौँ आएको रुसी विमान स्वदेश फर्किएको छ । एसियन मौसमी प्रणालीबारे अध्ययन गर्न एक महिनाअघि काठमाडौँ आएको विमान तीन दिनअघि स्वदेश फर्किएको थियो । रुसी महासंघले पठाएको उक्त विमानसँगै अमेरिका, बेलायत, इटाली, स्वीट्जरल्याण्ड, जर्मनीलगायत देशबाट करिब २५० वैज्ञानिक टोली मौसम अध्ययन गर्न आएका थिए । […]


गरिबी निवारण कार्यक्रम विस्तारका लागि स्रोतको उपाय खोज्नुस् : प्रधानमन्त्री देउवा

काठमाडौँ, भदौ २ गते । गरिबी निवारण कोषले मुलुकभर आफ्नो मातहत रहेका ३२ हजार सामुदायिक संस्थालाई स्थानीय तहमा दर्ता गराएर समन्वयका साथ कार्यक्रम अघि बढाउने निर्णय गरेको छ । कोषका अध्यक्ष एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको कोषको ६८औँ बैठकले आगामी दिनमा कार्यक्रम र स्रोतका उपायलाई विविधीकरण गरेर जाने निर्णय […]


भूकम्प पीडितका लागि राष्ट्र बैंकको निर्देशन अझै कार्यान्वयन भएन

नुवाकोट, भदौ २ गते । भूकम्पपीडितलाई बैंँक तथा वित्तीय संस्थाले सामूहिक जमानी र सहुलियत ब्याज दरमा ऋण दिन नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अझै कार्यान्वयन भएको छैन । भूकम्पपीडितलाई आवास निर्माण गर्न नेपाल सरकारले दिने रु तीन लाख अनुदान अपुग भएको गुनासोपछि सामूहिक जमानी र सहुलियत ऋण प्रवाहमा नुवाकोटमा रहेका बैंँक तथा वित्तीय संस्थाले अघि […]


सुपर जोनले ल्यायो तरकारीमा नयाँ प्रविधि

हरि बास्तोला / पोखरा, भदौ १ गते । बाँसको खम्बा, भाटा र फलामे तारले कसेर र प्लास्टिक ओढाएर बनाइएको टनेल प्रणालीमा तरकारी खेती गर्दै आएका कास्कीका कृषक यतिखेर भने हाई टेक (हरितगृह प्रविधि) अपनाउन लालायित छन् । यो जिआई पाइप राखेर बनाइने तापमान अनुकूलित अत्याधुनिक प्रविधि हो । नेपाल सरकार कृषि विकास मन्त्रालयअन्तर्गत प्रधानमन्त्री कृषि […]


सुदूरमा स्याउ फल्छ, तर व्यवस्थापन छैन

भीमदत्तनगर, भदौ १ गते । सुदूरपश्चिमका केही पहाडी जिल्लामा वर्षेनी स्याउ उत्पादन हुने गरेको भए पनि सरकारी तवरबाट त्यसको व्यवस्थापनमा खासै चासो दिएको पाइन्न । सुदूरपश्चिममा सबैभन्दा बढी स्याउ उत्पादन हुने बाजुरामा जिल्ला कृषि कार्यालयले स्याउ उत्पादन, क्षेत्र विस्तार र किसानलाई केही सहयोग पु¥याएको भए पनि भौगोलिक विकटताका कारण उत्पादित स्याउ दूरदराजका गाउँमै वर्षौंदेखि थन्किएको […]


बाढी प्रभावित क्षेत्रमा निः शुल्क घुम्ती स्वास्थ्य शिविर; तीज कार्यक्रम स्थगन गर्दै बाढीपीडितलाई राहतमा

लहान, भदौ १ गते । जिल्लाको बाढी प्रभावित क्षेत्रमा जिल्ला जनस्वास्थ्य कार्यालयले निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सिरहाको अति प्रभावित क्षेत्रमा कार्यालयबाट खटिएको टोलीले बाढीबाट सबैभन्दा बढी प्रभावित सिरहाको कल्याणपुर नगरपालिका–३ स्थित इटारी प्रसाहीका बाढीपीडितलाई लक्षित गरी तीनदिने निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको कार्यालयका प्रमुख डा चुमनलाल दासले जानकारी दिनुभयो । […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter