समाचार

बाढी प्रभावित क्षेत्रमा निः शुल्क घुम्ती स्वास्थ्य शिविर; तीज कार्यक्रम स्थगन गर्दै बाढीपीडितलाई राहतमा

लहान, भदौ १ गते । जिल्लाको बाढी प्रभावित क्षेत्रमा जिल्ला जनस्वास्थ्य कार्यालयले निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सिरहाको अति प्रभावित क्षेत्रमा कार्यालयबाट खटिएको टोलीले बाढीबाट सबैभन्दा बढी प्रभावित सिरहाको कल्याणपुर नगरपालिका–३ स्थित इटारी प्रसाहीका बाढीपीडितलाई लक्षित गरी तीनदिने निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको कार्यालयका प्रमुख डा चुमनलाल दासले जानकारी दिनुभयो । […]


बाढीपीडितलाई चेम्बरको १ करोड; दुई मन्त्रीसहित प्रचण्ड बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ, साउन ३२ गते । नेपाल चेम्बर अफ कमर्सले बाढीपहिरोबाट पीडितका लागि १ करोड रुपैयाँबराबरको राहत प्रदान गर्ने भएको छ । चेम्बरको मंगलबार बसेको बैठकले देशभरका बाढीपहिरोपीडितका लागि नगद र जिन्सीसमेत गरी १ करोड रुपैयाँबराबरको राहत उपलब्ध गराउने निर्णय गरेको हो । चेम्बरले दैविक एवं प्राकृतिक प्रकोपबाट पीडितलाई राहत पु¥याउन उपाध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा २३ […]


महान्यायाधीवक्तामा वसन्तराम भण्डारीको नाम सिफारिस

काठमाडौँ, साउन ३२ गते । सरकराले महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारीको नाम सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको नाम सिफारिस गरेको थियो । तर, सरकरले अन्तिम अनुमोदनको लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आज उनको सिफारिस पठाएको हो । प्रचण्ड नेतृतवको सरकारका पालामा बनेका रमण श्रेष्ठले पदबाट केहीदिन पहिलो राजीनामा दिएपछि महान्यायाधिवक्ता पद […]


नेपाल र चीनबीच तीन सम्झौताः पेट्रोलियम अन्वेषणदेखि लगानी प्रवद्र्धनसम्म

काठमाडौँ, साउन ३१ गते । नेपाल र चीनबीच नेपालको सामाजिक–आर्थिक विकासमा दीर्घकालीन प्रभाव पार्ने तीन महत्वपूर्ण सम्झौता भएका छन् । नेपाल र चीनबीच आज यहाँ सम्पन्न उच्चस्तरीय वार्तापछि दुई देशबीच आर्थिक तथा प्राविधिक सहयोग, पेट्रोलियम पदार्थको अन्वेषण र लगानी तथा आर्थिक सहयोग प्रवद्र्धनसम्बन्धी सम्झौता भएका हुन् । चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङ तथा उपप्रधानमन्त्री […]


नौतले दरबारको पुनःनिर्माण शिलान्यास

काठमाडौँ, साउन ३१ गते । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले भूकम्पबाट क्षतिग्रस्त काठमाडौंँ वसन्तपुरस्थित नौतले दरबार पुनःनिर्माणको शिलान्यास गर्नुभएको छ । वसन्तपुरस्थित मूल चोकमा मङ्गलबार आयोजित विशेष समारोहमा दुई उपप्रधानमन्त्रीले उक्त सम्पदा पुनःनिर्माणको शिलान्यास गर्नुभएको हो । २०७२ सालको भूकम्पका कारण नौतले दरबारको तीन तलभन्दा माथिको भाग […]


सात वर्षपछि ब्यूँतियो सवा लाख चैत्य बनाउने ‘गुँलाधलँ’ पर्व

भक्तपुर, साउन ३१ गते । बुद्धमार्गीहरुको छुट्टै पहिचान बोकेको गुँला पर्वको अवसरमा मनाइने सवा लाख चैत्य बनाउने धार्मिक ‘गुँलाधलँ’ पर्व लोपोन्मुख अवस्थामा पुगेको छ । नेपाल सम्वत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने यो पर्व अर्थाभावका कारण लोपोन्मुख अवस्थामा पुगेको हो । विशेष गरी मानन्धर समुदायले मनाउँदै आएको यो पर्व पछिल्लो समय अर्थाभावकै कारण […]


गोरखाका पाँच जनामा स्वाइनफ्लु पुष्टि

गोरखा, साउन ३० गते । गोरखाको गाँखुका तीन र लक्ष्मीबजारका दुई जनामा स्वाइनफ्लु रोग लागेको पुष्टि भएको छ । एक साताअघि धेरै जनामा रुघाखोकीको समस्या देखिएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले बिरामीका नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षणका लागि पठाएको थियो । परीक्षणमा स्वाइनफ्लुका जीवाणु भेटिएपछि बिरामीलाई स्वाइनफ्लु लागेको पुष्टि भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयका महामारी […]


सञ्चयकोषले अगाडि बढायो बेतन कर्णाली

काठमाडौँ, साउन ३० गते । कर्मचारी सञ्चय कोषले ‘सञ्चयकर्ताको मुनाफा रकमलाई बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमा लगानी गर्नेसम्बन्धी विनियमावली, २०७४’ लागू गरेको छ । कोषले सञ्चयकर्ताको लगानीमा नै ६८८ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत् आयोजना निर्माण गर्ने प्रयोजनका लागि सो नियमावली लागू गरेको हो । उक्त नियमावली कोष सञ्चालक समितिको बैठकले केही दिन […]


कम्युटर बिलिङ प्रणालीमा नचलेका एक सय पन्ध्र ट्याक्सी कारबाहीमा

काठमाडौँ, साउन २९ गते । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कम्युटर बिलिङ प्रणालीमा नचलेका तथा यात्रुसँग मोलमोलाई गरेर पैसा लिने गरेका ११५ ट्याक्सी चालकलाई कारबाही गरेको छ । महाशाखाको टोलीले ट्याक्सी प्रयोगमा एकरुपता ल्याउन आजदेखि उक्त अभियान सञ्चालन गरेको हो । महाशाखाका प्रमुख सर्वेन्द्र खनालले यात्रुले ट्याक्सीबाट ठगिएको आभास नगरुन् भन्नका लागि महाशाखाले यो अभियान चलाएको […]


सहरी विकास ऐनको मस्यौदामा छलफल

काठमाडौँ, साउन २९ गते । सहरी विकासलाई एकीकृत रुपमा अघि बढाउन सहरी विकास ऐन, २०७४ को मस्यौदा तयार पारी छलफल शुरु भएको छ । मन्त्रालयले आज आयोजना गरेको छलफल कार्यक्रममा नगर विकास समिति ऐन, २०४५ र काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ ले सहरी विकाससम्बन्धी स्पष्ट व्यवस्था नगरेकाले ऐनको मस्यौदा तयार पारिएको जानकारी गराइयो । […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter