समाचार

मतदाताको गुनासो सुल्झाउँदै कल सेन्टर

काठमाडौँ, वैशाख २९ गते । भक्तपुरकी सरिता बुढाथोकी २०७० सालको निर्वाचनमा मतदान गरेको परिचयपत्रले आइतबार हुने निर्वाचनमा मतदान गर्न पाइन्छ कि पाइँदैन भनेर निर्वाचन आयोगले सञ्चालन गरेको कल सेन्टरमा सोधपुछ गर्नुभयो । उहाँको समस्यामा कल सेन्टरकी कम्प्युटर अपरेटर भावना बेल्वासले पुरानो परिचयपत्रबाट मतदान गर्न नपाइने भन्दै परिचयपत्र खुल्ने नागरिकता लिएर मतदानमा जान अनुरोध गर्नुभयो । […]


चीनको ‘वान बेल्ट वान रोड’ अवधारणामा नेपालले गर्‍यो हस्ताक्षर

२९ बैशाख, काठमाडौं । नेपाल र चीनले ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गरेका छन् । शुक्रबार विहान उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा र परराष्ट्रमन्त्री प्रकाशशरण महतको उपस्थितिमा परराष्ट्र सचिव शंकर दाश बैरागी र नेपालका लागि चिनियाँ राजदूत यु होङले हस्ताक्षर गरे । परराष्ट्रमन्त्री महतले यो समझदारी दुई देशको सम्वन्धमा महत्वपूर्ण पाइला भएको बताए । […]


पाँचदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति थाइल्यान्डमा

थाइल्यान्ड (बैङ्कक), वैशाख २९ गते । राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ्का र थाइल्यान्डको पाँचदिने औपचारिक भ्रमणका क्रममा केहीबेर अघि थाइल्यान्डको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थल बैङ्ककमा अवतरण हुनुभएको छ । राष्ट्रपति भण्डारीलाई सो विमानस्थलमा थाइ नरेशका प्रतिनिधि प्रिभी काउन्सिलर चारुनथाडा कर्नसुथ, थाइल्याण्डका डिजिटल, आर्थिक तथा समाज मन्त्री पिचेट डुरोङ्गकाभेरोजले ( तथा थाइल्याण्डका विदेश मन्त्रालयका उच्चपदस्थ प्रतिनिधिहरुले भव्य स्वागत […]


जेठ मसान्तसम्म दोस्रो किस्ता

काठमाडौँ, वैशाख २९ गते । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुस मसान्तसम्म निजी आवास पुनःनिर्माणका लागि पहिलो किस्ता लिएका भूकम्पपीडितलाई जेठ मसान्तसम्म दोस्रो किस्ता लिने प्रक्रिया सुरु गर्न अनुरोध गरेको छ । निजी आवास निर्माणका लागि आवश्यक रकम जिल्लामा पठाइसकिएकाले लाभग्राहीलाई जतिसक्दो छिटो दोस्रो किस्ता भुक्तानीका लागि आवेदन दिन प्राधिकरणले आग्रह गरेको हो । पहिलो किस्ता बुझेर […]


सबैलाई मतदानमा केन्द्रित गर्न मौन अवधि; राष्ट्रपतिसँग शीर्ष नेताको भेट

काठमाडौँ, वैशाख २८ गते । निर्वाचन हुनु ४८ घन्टा अघि सुरु हुने मौन अवधिले मतदाता, उम्मेदवार, अनुगमनकर्ता र सञ्चारमाध्यमलगायत सबैलाई मतदानमा केन्द्रित गर्न प्रेरित गर्ने यस क्षेत्रका विज्ञको धारणा छ । यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको मौन अवधि आज मध्यरात १२ बजेपछि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । मौन […]


खुल्दैनन् पाठेघर खस्ने समस्या भएका रोल्पाली महिलाहरु

कविता उपाध्याय / रोल्पा, वैशाख २८ गते । रोल्पामा आङ (पाठेघर) खस्ने समस्या भएका महिला अझै पनि खुलेर बाहिर वा स्वास्थ्य संस्थासम्म आउन सकिरहेका छैनन् । कसैको करकापमा जाँचका लागि स्वास्थ्य संस्थामा आइपुग्ने महिला पनि आफ्नो समस्याका बारेमा खुल्न नसक्ने, लजाउने, बोल्दा हिच्किचाउने, समस्या देखाउँदा श्रीमान्ले दोसं्रो विवाह गर्ने डरले चिन्तित बन्ने तथा ती महिलामा […]


अब नक्सापासमा हस्ताक्षर अनलाइनबाटै

काठमाडौँ, वैशाख २८ गते । महानगरमा घर बनाउन चाहने नागरिकलाई थप सुविधा दिनका लागि काठमाडौँ महानगरपालिकाले अनलाइनबाटै नक्सामा हस्ताक्षर गर्ने भएको छ । गत साउनदेखि नै अनलाइनबाट नक्साको काम हुने गरेको भएपनि नक्सा पास गर्नेको हस्ताक्षर भने हातले गर्नुपर्ने थियो । अन्य प्रक्रिया पूरा भएपछि नक्सा पास गर्ने व्यक्तिले हातले हस्ताक्षर गर्नुपर्ने अवस्था रहेकोमा अब […]


अनुमतिबिना सञ्चालित विद्यालयलाई कारबाही गरिने

महेन्द्रनगर (धनुषा), वैशाख २८ गते । धनुषामा बिनाअनुमति अवैध रुपमा सञ्चालनमा रहेका बोर्डिङ स्कुललाई कारबाही गर्ने तयारी गरिएको छ । जिल्ला शिक्षा कार्यालय धनुषा, प्याब्सन, एनप्याब्सन, अभिभावक, पुस्तक व्यवसायी सम्मिलित बैठकमा जिल्लामा सञ्चालित बिना अनुमति अवैध रुपमा सञ्चालित बोर्डिङ स्कुललाई शुद्धीकरण गर्ने प्रक्रिया अघि बढाइएको धनुषाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले बताउनुभयो । जिशिअ महतोले […]


लुम्बिनीको समग्र विकासको लागि ध्यान दिन उपराष्ट्रपतिको आग्रह

बुटवल, वैशाख २७ गते । उपराष्ट्रपति नन्दबहादुर पुनले बुद्धदर्शन तथा यसको विकासले नेपालमा शान्तिको चेतनाको निर्माण भएको बताउनुभएको छ । उहाँले बुद्धदर्शन तथा यसको विकास नेपालमा भएको कारण नेपाल र नेपालीका लागि गौरवको विषय रहेको समेत उल्लेख गर्नुभएको छ । उपराष्ट्रपति पुनले २५६१ आँै बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा आज बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित मूलसमारोह […]


काँग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

भक्तपुर, वैशाख २७ गते । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज ओली निवास बालकोटमा भेटवार्ता भएको छ । छलफलका लागि सभापति देउवा बिहान ११.३० बजे एमाले अध्यक्ष ओली निवास बालकोट पुग्नुभएको थियो । भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीका निजी सचिव अनिश दाहालले समसामयिक विषयमा दुई दलका अध्यक्षबीच छलफल […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter