
पोखरा, १३ मङ्सिर । जल पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आजदेखि पोखरास्थित उपल्लो सेती नदीमा अन्तर्राष्ट्रियस्तरको हिमालयन ह्वाइटवाटर च्यालेन्ज कायकिङ प्रतियोगिता सुरु भएको छ । नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)को आयोजनामा सुरु यो प्रतियोगिता पोखरामा भने पहिलोपटक आयोजना गरिएको नाराका केन्द्रीय अध्यक्ष चन्द्रबहादुर दाहालले जानकारी दिनुभयो । नाराद्वारा यसअघि १४ वटा संस्करण भोटेकोसी र […]

काठमाडौँ, १३ मङ्सिर । राष्ट्रिय मानवअधिकार आयोगले स्वास्थ्य क्षेत्रको माग राखी आन्दोलनरत डा गोविन्द केसीको जीवन रक्षाका लागि सार्थक वार्ताबाट समस्याको समाधान गर्न सरकारसंग आग्रह गरेको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले आज प्रेस विज्ञप्ति निकाल्दै विरोधको स्वरुप जस्तोसुकै भए पनि डा केसीको स्वास्थ्योपचार जीवनको अधिकारसँग जोडिएकाले निजको जीवन रक्षाप्रति संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराउनुभयो […]

बनेपा, १३ मङ्सिर । प्रधानमन्त्री तथा काठमाडौँ विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेपाली राजनीतिको भूकम्पको केन्द्रविन्दुमा भएको बताउनुभएको छ । आज धुलिखेलमा काठमाडौँ विश्वविद्यालयको २२औँ दीक्षान्त समारोहमा उहाँले समृद्धिका लागि स्थिर राजनीतिक सरकार आवश्यक छ भन्नुभयो । नेपाली समाजमा अहिले पनि शिक्षित, सभ्य र योग्य व्यक्तिको अभाव भएको औँल्याउँदै प्रधानमन्त्री दाहालले समाजको निम्ति उपयोगी […]

हेमन्त केसी / जाजरकोट, १३ मङ्सिर । सक्ला गाविस–१ कि कमला खत्रीको पेट दुख्दै गर्दा स्वास्थ्य संस्थाको मुख नै नदेखेर एक वर्ष अघि मृत्यु भयो । खत्रीलाई नजिक स्वास्थ्य संस्था भए पनि आर्थिक अभावका कारण उपचारका लागि एक पटक पनि लगिएन । निरन्तर दुई वर्षको पेट दुखाइ पछि पानीबाट चल्ने घट्टमा मकैको पिठो पिस्न राति […]

सिबी अधिकारी / काठमाडौँ, १२ मङ्सिर । ‘साझा बसमा जो पनि चढ्दछ, किलिन्डरले दुई रुपियाँको टिकट काट्दछ…. हामी पनि हुइँकिउँ बुइनी साझा बसैमा !’ कलाकार हरिवंश आचार्यले मञ्चमा आफ्नो पुरानो गीत गाउँदा पुल्चोकस्थित साझा यातायातको प्राङ्गण उल्लासमय बन्यो । साझा यातायातका नयाँ बस शुभारम्भ कार्यक्रममा महजोडीको भावनात्मक व्यङ्ग्य तर सन्देशमूलक प्रस्तुतिले उपस्थित प्रधानमन्त्रीसहित मन्त्री तथा […]

नारायण अधिकारी / नारायण ढुंगाना, थाइल्यान्ड, १२ मङ्सिर । थाइल्यान्डमा झन्डै ९० प्रतिशत जनता बुद्धधर्म मान्छन् । यस मुलुकको प्रमुख आम्दानीको स्रोत पर्यटन व्यवसाय हो र यहाँ बर्सेनि दुई करोडभन्दा बढी विदेशी पर्यटक भित्रिने गर्दछन् । यहाँका स्थानीयवासी बुद्ध शब्द सुनेर हुरुक्कै हुने गर्छन् । उनीहरुले असाध्यै स्नेहका साथ भक्तिभाव गर्ने दुईमा एक बुद्ध हुन् […]

काठमाडौँ, १२ मङ्सिर । स्वास्थ्य सेवा विभागबाट आर्थिक वर्ष २०७२÷७३ को विपन्न नागरिक औषधि उपचार कार्यक्रममा कडा रोगका नयाँ र पुराना गरी ३३ हजार ४८८ बिरामीले सेवा लिएका छन् । देशभरका विभिन्न ३१ वटा अस्पतालबाट रु एक अर्ब दुई करोड २५ लाख ८४ हजार ८८४ बराबरको बिरामीले उपचारका लागि आर्थिक सहयोग लिएको व्यवस्थापन महाशाखाले जनाएको […]

काठमाडौँ, १२ मङ्सिर । मार्ग कृष्ण पक्षको त्रयोदशीका दिन राति शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको सङ्कल्पसहित दीपदान र चतुर्दशीका दिन बिहान मृगस्थलीमा सत्वीज छरी बाला चतुर्दशी पर्व मनाइँदै छ । यसरी दीपदान गर्नाले मृतकले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासमा आज बेलुकीदेखि नै पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ […]

सोलुखुम्बु, १२ मङ्सिर । नेपाल हृदयरोग केन्द्र निवारण प्रतिष्ठानले सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा शनिबार आयोजना गरेको मुटु परीक्षण कार्यक्रममा एक हजार ५१ जना बालबालिकाको मुटु परीक्षण गरिएको छ । पन्ध्र वर्षमुनिका बालबालिकालाई लक्षित गरिएको सो शिविरमा परीक्षण गराएकामध्ये १० जना बालबालिकाको मुटुको शल्यक्रिया गर्नुपर्ने अवस्था पहिचान भएको मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले जानकारी दिनुभयो । यसैबीच […]

झापा, ११ मङ्सिर । सुरुङ्गामा जारी चौथो सहारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ टोलीले जितेको छ । आज भएको फाइनल खेलमा रुपन्देही–११ लाई ट्राइबेकरमा ५–३ गोल अन्तरले हराउँदै एपिएफले उपाधि हात पारेको हो । जितसँगै एपिएफले रु तीन लाख ५१ हजार १११ तथा उपविजेता रुपन्देही–११ ले रु दुई लाख ५१ हजार १११ पुरस्कार […]