
रसुवा, ११ मङ्सिर । राजमार्गको साँघुरो सडकलाई व्यवस्थित र मर्यादित बनाई नेपाल–चीनको व्यापार व्यवसाय अभिवृद्धिमा सहजता ल्याउन मालबाहक सवारी साधनलाई टोकन प्रणाली लागू गरिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीका अनुुसार राजमार्गको रसुवा प्रवेशद्वार बेत्रावती, स्याफ्रुबेसी र रसुवागढीमा पार्किङस्थल तोकिएको र मितेरी पुलबाट एकपटकमा ५० वटा ट्रक कन्टेनर चीनको केरुङतर्फ छोड्ने व्यवस्था मिलाइएको हो […]

ललितपुर, ११ मङ्सिर । उपभोक्ताको अधिकारमा कार्यरत सरकारी र गैरसरकारी निकायका प्रतिनिधिले उपभोक्ता सजग हुँदामात्र गुणस्तरीय वस्तु खरिद र बिक्री हुने बताएका छन् । आपूर्ति मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा सहभागीले अनुगमनमा मात्रै नभई उपभोक्तालाई सजग गराउन ध्यान दिनुपर्ने बताएका हुन् । मन्त्रालयका सचिव प्रेमकुमार राईले उपभोक्ताका अधिकार र बनेका कानुनी व्यवस्थाका विषयमा उपभोक्तालाई […]

पूर्णप्रसाद मिश्र / काठमाडौँ, ११ मङ्सिर । वाग्मती तथा विष्णुमती नदी किनार अतिक्रमण गरी एक हजार ४६५ परिवारले अव्यवस्थित बसोबास गरेका छन् । विसं २०४७ देखि सुकुम्बासीका नाममा काठमाडौँ उपत्यकाका नदी किनार अतिक्रमण गर्न सुरु भएको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । जनआन्दोलन २०६२÷६३ पछि नदी अतिक्रमण वृद्धि भएको समितिको अध्ययन प्रतिवेदनमा […]

हेमन्त केसी / जाजरकोट, ११ मङ्सिर । सिमा–१ की जयकुमारी विक अघिल्लो दिन बाँकी रहेको मकैको रोटी र नुन प्लास्टिकमा बेरेर बिहानै साँढे ५ बजे डोको बोकेर स्याउला ल्याउन जङ्गल लाग्नुभयो । जयकुमारीका श्रीमान् अघिल्ला दिनको मदिराको नशाले नछाडेका कारण बिहान ९ बजेसम्म ओच्छ्यानमै थिए । दुई छोरा र एक छोरी साना भएका कारण घरको […]

काठमाडौँ, १० मङ्सिर । नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका निवर्तमान अध्यक्ष कर्ण बोहराको आज आकस्मिक निधन भएको छ । केही दिनदेखि मध्यबानेश्वरस्थित भेनस अस्पतालमा मिर्गाैला रोग लागी उपचाररत आफ्नी श्रीमती ममताको कुरुवा बस्दै आउनुभएका बोहोराको ४० वर्षका उमेरमा आज निधन भएको अस्पतालले जनाएको छ । बझाङ, स्याँडी गाविसमा जन्मनुभएका बोहोरा ‘रेडियो पश्चिमाञ्चल नेपाल’का सञ्चालक, ‘न्युज २४’ […]

लुम्बिनी, १० मङ्सिर । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विश्वकै ठूलो थान्का आजदेखि प्रदर्शनीका लागि राखिएको छ । आज र भोलि दुई दिनका लागि विश्वकै ठूलो ५० मिटर चौडाइ र ७० मिटर लम्बाइ भएको थान्का प्रदर्शनीका लागि लुम्बिनीमा राखिएको हो । नेपाल–जापान कूटनीतिक सम्बन्धको ६० वर्ष पूरा गरेको अवसरमा भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विश्वकै […]

काठमाडौँ, १० मङ्सिर । रोजगारदाता, श्रमिक सङ्गठन एवम् चिया, अलैँची, अदुवा तथा दुग्ध पदार्थ उत्पादनसँग सम्बन्धित प्रतिनिधिले संयुक्त राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय श्रम सङ्गठनको ‘बहुराष्ट्रिय उद्योग घोषणा तथा आधारभूत सिद्धान्त र श्रमिक अधिकार’ दस्तावेजको पूर्ण परिपालना गर्नुपर्नेमा जोड दिएका छन् । आइएलओ नेपाल, उन्नति कार्यक्रमद्वारा यहाँ आयोजित तालिम कार्यक्रमका सहभागीले दस्तावेजमा समावेश गरिएका कार्यस्थलमा श्रमिकका अधिकार, बालश्रम […]

बारा, ९ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीले जैविक विविधतायुक्त मुलुक नेपालमा रहेका महत्वपूर्ण जडीबुटीको संरक्षण गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ । बारा जिल्लाको प्रसौनी–९ स्थित पतञ्जली आयुर्वेद प्रालिको आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले आयुर्वेद उद्योग स्थापनाका कारण नेपाल र भारतबीचको सदियौँ पुरानो सम्बन्ध अझ प्रगाढ भएको बताउनुभयो । उद्योगले नेपालमा गरेको लगानी द्विपक्षीय साझेदारीको […]

काठमाडौँ, ९ मङ्सिर । सरकारले घोषणा गरेको १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई साकार पार्ने लक्ष्यका साथ स्वतन्त्र ऊर्जा उत्पादकको संस्था(इपान)ले यही मङ्सिर ३० गतेदेखि ऊर्जा सम्मेलन गर्ने भएको छ । ऊर्जा मन्त्रालयको संरक्षकत्वमा इपानले आयोजना गर्ने सम्मेलनमा नेपालको ऊर्जा क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी संस्था, सरोकार भएका निकाय, चीन, भारत, […]

काठमाडौँ, ९ मङ्सिर । विकास पन्त स्मृति प्रतिष्ठानले हरेक वर्ष झैं यस वर्ष पनि गोल्फुटारस्थित दिव्य सेवा निकेतन, ज्येष्ठ नागरिक आश्रालयका वृद्धाहरुलाई न्यानो लुगा, खानेकुरा र फलपूmल वितरण गरेको छ । सो अवसरमा पूर्वमन्त्री तथा प्रतिष्ठानका प्रमुख संरक्षक छविराज पन्तले दिव्य सेवा निकेतन, गोल्फुटारले समाजसेवामा पु¥याउँदै आएको योगदानको सराहना गर्नुभयो । सेवा निकेतनका सचिव दीपक […]