
म्याग्दी, ९ मङ्सिर । मिर्गाैला रोगबाट ग्रसित म्याग्दी कुहुँकी सुशीला राम्जालीको उपचारका लागि राम्जालीका सहपाठी र कोरियामा रहेका म्याग्देलीले १२ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन् । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कोरियाका अध्यक्ष लोकबहादुर बानियाँ ‘आलोक’को संयोजकत्वमा सञ्चालन भएको अभियान तथा कोरियामा रहेका विभिन्न सङ्घसंस्थामार्फत उनलाई १० लाख सात हजार नौसय रुपैयाँ सहयोग […]

भीष्मराज ओझा / काठमाडौँ, ८ मङ्सिर । मुलुकमै पहिलो पटक सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले आजबाट विधिवतरुपमा छुट्टै कर्पोरेट शाखा स्थापना गरेको छ । वाणिज्य बैंकले कर्जा कारोबार गर्ने ठूला संस्थागत ग्राहक, कूटनीतिक नियोग एवम् अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आदिलाई आकर्षित गरी बैंकको व्यवसाय प्रवद्र्धन गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिई केन्द्रीय कार्यालय परिसर सिंहदरबारमा कर्पाेरेट […]

काठमाडौँ, ८ मङ्सिर । थाइल्यान्डमा हुने एसिया कप प्रतियोगतामा सहभागिता जनाउन नेपाली महिला क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । बीना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्टले सफलताका लागि शुभकामना दिँदै बिदाइ गर्नुभएको थियो । दुई महिनाअघि हङ्कङमा भएको विश्वकप छनोट प्रतियोगितामा एसिया क्षेत्रबाट दोस्रो हुँदै नेपाल […]

भीमदत्तनगर, ८ मङ्सिर । कञ्चनपुरस्थित शुक्लाफाँट वन्यजन्तु आरक्षबाट विस्थापित भएका स्थानीयवासीले मुआब्जा दिएर समस्या समाधान गर्नुभन्दा घरबासका लागि जग्गा नै उपलब्ध गराइदिन हुन माग गरेका छन् । आरक्ष विस्तारका क्रममा २०५८ सालमा विस्थापित बनेकालाई ‘शुक्लाफाँट वन्यजन्तु आरक्ष जग्गा अतिक्रमण र मुआब्जा गराउने सम्बन्धी कार्यदल’ ले विस्थापितलाई एक कठ्ठादेखि पाँच कठ्ठा जग्गा वा रु पाँच लाखसम्म […]

रामबहादुर थापा / बागलुङ, ८ मङ्सिर । कुनै कृत्रिम रङ्गले होइन, बस्दा–बस्दा कुर्ची टिलिक्क टल्कने भएको छ । चिल्लो, पुतली पनि लर्कलाजस्तो ! ४५ वर्षसम्म लगातार प्रयोगमा आउँदा कुर्ची सायद पातलियो पनि होला, साह्रै हलुङ्गो भएको छ । उसबेला ठोकेका काँटी खुकुलो हुँदा कुर्ची लरखराउँछ पनि । तर उक्त कुर्ची अझै एक पसल मालिकको ‘प्रियवस्तु’मा […]

सञ्चिता घिमिरे / ललितपुर, ७ मङ्सिर । मङ्गलबजारमा एउटा सटरको भाडा कति पर्ला रु जो कसैले ५० हजार वा त्योभन्दा बढी अनुमान गर्न सक्छ । ललितपुरको केन्द्रका रुपमा रहेको र पर्यटकको समेत चहलपहल हुने यो स्थानमा अधिकांश कबलको भाडा रु २०० भन्दा कम छ भन्दा विश्वास नलाग्न पनि सक्छ । पाटन दरबार क्षेत्र र त्यस […]

काठमाडौँ, ७ मङ्सिर । श्रीलङ्कामा आयोजना हुने उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताका लागि प्रारम्भिक चरणमा ५२ जना खेलाडी छनोट भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले विभिन्न छ जिल्लाबाट गरेको ट्यालेन्ट हन्ट कार्यक्रमबाट ५२ जनालाई प्रारम्भिक चरणमा छनोट गरेको हो । क्यानले नयाँ युवा खेलाडी खोजी गर्न काठमाडौँ, धनगढी, नेपालगन्ज, विराटनगर, भैरहवा […]

काठमाडौँ, ७ मङ्सिर । दक्षिण तथा दक्षिण पूर्वी एसियाका लघु जलविद्युत् व्यवसायीको संस्था ‘हाइड्रो इम्पावरमेन्ट नेटवर्क’को तेस्रो वार्षिक सम्मेलन तथा कार्यशाला गोष्ठी आजदेखि यहाँ सुरु भएको छ । नेपाल लघु जलविद्युत् विकास संस्थाको आयोजनामा भएको चारदिने उक्त सम्मेलनको जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले उद्घाटन गर्नुभयो । सम्मेलनमा दक्षिण तथा दक्षिण पूर्वी एसियाका नेपालसहित भारत, बङ्गलादेश, […]

रमेश लम्साल / काठमाडौँ, ६ मङ्सिर । सरकारले नेपाली नागरिकलाई जलविद्युत् आयोजनामा लगानी गर्न दिने व्यवस्थासहित विधिवत् रुपमा जलविद्युत् उत्पादन कम्पनी स्थापना गरेको छ । ‘नेपालको पानी जनताको लगानी’ भन्ने नाराका साथ ऊर्जा मन्त्री जनार्दन शर्माले सार्वजनिक गर्नुभएको ३७ बुँदे कार्ययोजनाका आधारमा ऊर्जा मन्त्रालयले आइतबार कम्पनी रजिष्टारको कार्यालयमा उक्त कम्पनी दर्ता गरेको हो । कम्पनी […]

काठमाडौँ, ६ मङ्सिर । तिहारयता काठमाडौँ उपत्यका लगायत आसपासका क्षेत्रमा विद्युत्भार कटौती अन्त्य भएपछि रु १६ अर्ब बराबरको इन्धन बचेको छ । ऊर्जामन्त्री जनार्दन शर्माले आज मन्त्रालयमा आयोजना गरेको ‘ऊर्जा खपत तथा व्यवस्थापन’ विषयको छलफलका सहभागी नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले विद्युत्भार कटौती अन्त्य गरिएपछि राजधानीमा मात्र रु १४ देखि १६ अर्ब बराबरको […]