समाचार

म्याच फिक्सिङ प्रकरण, एएफसीद्वारा पुनःविचारको अपिल खारेज

कुमार चौलागाई / काठमाडौँ, ९ भदौ । खेल मिलेमतो गरेको आरोपमा पक्राउ परेपछि एसियाली फुटबल महासङ्घ (एएफसी) ले आजीवन प्रतिबन्ध लगाएको पाँच नेपाली खेलाडीले गरेको पुनःविचारको अपिल खारेज गरेको छ । एएफसीको अपिल कमिटीको आज बसेको बैठकले सो अपिल खारेज गरेको हो । तत्कालीन कप्तान सागर थापा, विकास सिंह क्षेत्री, रितेश थापा, सन्दिप राई र […]


बाढीपहिराको अध्ययन गर्न भूगर्भविद्को टोली पठाइने

काठमाडौँ, ९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्युठानमा केही दिन पहिले गएको बाढीपहिरो र त्यसले पु¥याएको मानवीय तथा भौतिक क्षतिको अध्ययन गर्न तत्कालै भूगर्भविद्को टोली पठाइने बताउनुभएको छ । नेकपा(एमाले)का कावा अध्यक्ष वामदेव गौतमको नेतृत्वमा प्युठानबाट आएको सर्वदलीय टोलीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भन्नुभयो, “क्षतिको प्रकृति हेर्दा प्युठानको बाढीपहिरो सामान्य छैन । यसलाई मैले गम्भीरतापूर्वक हेरेको […]


ट्याक्सी दर्ताको गोलाप्रथा दुई महिनापछि

काठमाडौँ, ८ भदौ । भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका पीडितलाई ट्याक्सी दर्ता नम्बर उपलब्ध गराउन दुई महिनापछि गोलाप्रथा हुने भएको छ । गत साउन २ देखि यही भदौ ५ गतेसम्म दर्ता भएका निवेदनको जाँच गरी तीनपुस्तेसहितको सूची प्रकाशनको प्रक्रिया पूरा गर्न दुई महिना लाग्ने भएकाले त्यसपछि मात्र गोलाप्रथाबाट छनोटको प्रक्रिया सुरु हुने विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले […]


दक्ष पण्डित बनाउन ज्योतिष र कर्मकाण्ड प्रशिक्षण

काठमाडौँ, ८ भदौ । अध्ययन र प्रशिक्षण बिना कर्मकाण्ड, ज्योतिष पेसा अपनाउनेको सङ्ख्या बढ्न थालेपछि नेपाल पञ्चाङ्ग निर्णायक समितिले दक्ष पण्डित बनाउने उद्देश्यले छ महिने कर्मकाण्ड एवम् ज्योतिष प्रशिक्षण सुरु गरेको छ । प्रशिक्षणमा कर्मकाण्ड र ज्योतिष पेसा अपनाउन चाहने ३९ जना प्रशिक्षार्थीको सहभागिता छ । असारदेखि सुरु भएको प्रशिक्षण मङ्सिरमा सकिने समितिका अध्यक्ष प्राडा […]


राष्ट्रिय एकता, सुरक्षा र आर्थिक कूटनीतिलाई सुदृढ बनाउनुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौँ, ८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको सर्वाेपरि हितलाई केन्द्रमा राखेर मुलुकको राष्ट्रिय एकता, सुरक्षा र आर्थिक कूटनीतिलाई सुदृढ तुल्याउनुपर्नेमा जोड दिनुभएकोे छ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा तालिमरत कूटनीतिक सेवाका शाखा अधिकृतसँग आज अपराह्न राष्ट्रपति कार्यालयमा भएको सामूहिक शिष्टाचार भेटमा उहाँले सार्वजनिक सेवाका सबै निकायले सेवा भावले जनताका काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । […]


जलविद्युत्मा नागरिकलाई सहभागी गराइने

काठमाडौँ, ७ भदौ । सरकारले जलविद्युत् आयोजना निर्माणका लागि नागरिक र सम्बद्ध निकायलाई सार्वजनिक आह्वान गर्ने भएको छ । जलविद्युत् आयोजनामा नागरिकको स्वामित्व स्थापित गर्न र स्वदेशी लगानीमा नै अगाडि बढाउनका लागि त्यसखालको आह्वान गर्न लागिएको हो । सरकारकै निकायका रुपमा रहेको कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बिमा संस्थान, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डअन्तर्गतको कामदार […]


भारत भ्रमण पूर्व संविधान संशोधनको प्रस्ताव–प्रधानमन्त्री

काठमाडौँ, ७ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका–संसद्मा पेश गर्ने र निर्वाचनसम्बन्धी कानुनहरु तयार गरेर मात्रै आफू भारत भ्रमणमा निस्कने बताउनुभएको छ । उहाँले भन्नुभयो ‘‘स्थानीय निकायको निर्वाचनसम्बन्धी कानुन एवम् मधेसी मोर्चामा आवद्ध दलहरुको मागलाई सम्बोधन गर्ने गरी संविधान संशोधनको प्रस्ताव पेस गरेर भारत भ्रमण गर्ने तयारीमा छु ।’’ प्रधानमन्त्री निवास बालुवाटारमा […]


मेडेपमार्फत दुई सय उद्यमी दक्ष

इलाम, ६ भदौ । आयआर्जनका माध्यमबाट गरिबी निवारणमा सहयोग पु¥याउने उद्देश्यले लघुउद्यम विकास कार्यक्रम (मेडेप)बाट यहाँ २०० जना उद्यमी तयार भएका छन् । उद्यमशीलता विकास तालिममार्फत ग्रामीण भेगका युवायुवतीलाई स्वरोजगार बनाउने लक्ष्यका साथ शान्तिपुर, जोगमाई, बाँझो र इरौँटार गाविसमा सञ्चालन गरिएको कार्यक्रमबाट २०० जना उद्यमी तयार गरिएको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले जनाएको […]


पेट्रोलियम पदार्थको वितरण सहज गर्न निर्देशन; मङ्गलबारदेखि सहज हुन्छ : निगम

काठमाडौँ, ६ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले पेट्रोलियम पदार्थको सहज व्यवस्थापन गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री दाहालले आज आपूर्तिमन्त्री दीपक बोहरालाई टेलिफोन गरेर उपत्यकामा देखिएको इन्धन अभाव तत्काल समाधान गर्न भन्नुभएको हो । उहाँले भन्नुभयो, “उपत्यकामा पेट्रोलियम पदार्थको अभाव भएको सूचना आएको छ । पेट्रोल पम्पमा लाइन लाग्न थालेको छ, यसको कारण […]


अनुसन्धान अधिकृतलाई प्रलोभनमा पार्न खोज्ने पक्राउ

काठमाडौँ, ६ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अधिकृतलाई रु १० लाख घुस दिई प्रभावमा पार्न खोजेको अभियोगमा दुई जनालाई आज पक्राउ गरेको छ । आयोगले बन्द अवस्थामा रहेको बुद्ध एकेडेमी आवासीय मावि जोरपाटीका सम्बन्धमा परेको मुद्दा कमजोर र निष्प्रभावी बनाउन आयोगका अनुसन्धान अधिकृतलाई नै प्रलोभन पारेको पाइएकाले पक्राउ गरिएको हो । आयोगले विद्यालय […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter