समाचार

एयरबस खरिदबापतको पाँचौँ किस्ता तिरियो

काठमाडौँ, ३० असार । नेपाल वायु सेवा निगमले एयरबस ३२०–२०० खरिदबापतको पाँचौँ किस्ता रकम आज कर्मचारी सञ्चयकोषलाई तिरेको छ । एयरबस खरिदबापतको किस्ता तीन महिना (वैशाख, जेठ र असार) को रु ३२ करोड ३६ लाख १७ हजार ४२१ रकम बुझाइएको निगमका निर्देशक एवम् प्रवक्ता रामहरि शर्माले राससलाई जानकारी दिनुभयो । योसहित निगमले हालसम्म कोषलाई रु […]


भानु जन्मस्थललाई साहित्य धामका रुपमा विकास गर्नुपर्ने’

दमौली, २९ असार । आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घालाई साहित्य धामका रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ । दुई सय तीनऔँ भानु जयन्तीका अवसरमा भानु जन्मस्थल विकास समितिको आयोजनामा चुँदी रम्घामा आज आयोजित कार्यक्रममा नेकपा (एमाले)का स्थानीय नेता प्रतापलाल श्रेष्ठले चुँदी रम्घालाई साहित्य धामका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । भानुभक्तको योगदान अविस्मरणीय रहेको बताउँदै […]


अनलाइन निर्देशिकामाथि सञ्चार विज्ञको सुझाव

काठमाडौँ, २९ असार । अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण, सञ्चालनलाई व्यवस्थित गर्न आवश्यक भएको भन्दै सरकारले हालै जारी गरेको ‘अनलाइन सञ्चारमाध्यम निर्देशिका–२०७३’ माथि सञ्चार विज्ञ र सम्बन्धित सङ्घसंस्थाले सुझाव दिएका छन् । नेपाल पत्रकार महासङ्घले आज यहाँ आयोजना गरेको अनलाइन निर्देशिकामाथिको छलफलका क्रममा विज्ञहरूले अनलाइन सञ्चारमाध्यम निर्देशिकाका कतिपय प्रावधान संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता […]


अत्याधुनिक वीर अस्पताल बनाउने तयारी

भक्तपुर, २८ असार । सरकारले भक्तपुरको चाँगुनारायण नगरपालिका–१४ र ११ मा रहेको ५६३ रोपनी सार्वजनिक जग्गामा अत्याधुनिक वीर अस्पताल बनाउने तयारी गरेको छ । त्यस क्षेत्रको निरीक्षण आज गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त जग्गा अस्पतालका लागि उपयुक्त भएकाले यही जग्गामा वीर अस्पताल बनाउन आवश्यक प्रक्रिया अगाडि बढाउन राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गणेशमान गुरुङलाई निर्देशन […]


खाद्य संस्थानकोे चामल खपत हुन छाड्यो, ७०० क्विन्टल मौज्दात

भोजपुर, २८ असार । नेपाल खाद्य संस्थान भोजपुरबाट वितरण हुने चामल पछिल्लो समय खपत हुन छाडेको छ । चामल खपत हुन छाडेपछि अघिल्लो वर्ष ढुवानी गरिएको चामल समेत गोदाममै सडिने अवस्थामा रहेको छ । विगत चार वर्ष अगाडि खाद्य संस्थानको चामल वितरण गर्नुपर्दा कर्मचारीलाई चामल लिन आउने भीड व्यवस्थापन गर्न निकै कठीन हुने भए पनि […]


चार सष्टालाई ‘राष्ट्रिय प्रतिभा पुरस्कार’

  काठमाडौँ, २८ असार । यस वर्षको ‘राष्ट्रिय प्रतिभा पुरस्कार–२०७३’ प्राडा कृष्णबहादुर थापा, विष्णुभक्त फुयाँल, अजितकुमार साह, सरोज ओलीलाई प्रदान गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयले यस वर्षको सो पुरस्कार संस्कृत विधातर्फ थापा, सङ्गीत तथा नाट्य विधातर्फ फुयाँल, भाषा तथा साहित्य विधातर्फ ओलीलाई प्रदान गर्न लागेको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिनुभयो […]


प्रधानन्यायाधीश कार्कीद्वारा पदभार ग्रहण

  काठमाडौँ, २७ असार । नवनियुक्त प्रधानन्यायाधीश सुशीला कार्कीले पद तथा गोपनीयताको शपथलगत्तै आजै पदभार ग्रहण गर्नुभएको छ । सर्वोच्च अदालतमा पदभार ग्रहणपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो कार्यकालमा संविधान र कानुनको अक्षरशः पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । संविधानसँग बाझिएका कानुन संशोधन गर्न आदेश जारी गर्ने काम यसअघि पनि गर्दै आएको बताउँदै उहाँले आफ्नो […]


प्रम कप विश्वविद्यालयस्तरीय राष्ट्रिय खेलकुद सुरु, नीर र जीवनको जोडी फाइनलमा

काठमाडौँ, २७ असार । नीरविक्रम देवकोटा र जीवन आचार्यको जोडी प्रथम प्रधानमन्त्री कप विश्वविद्यालयस्तरीय राष्ट्रिय खेलकुद अन्तर्गत ब्याडमिन्टनको पुरुष युगलतर्फ आज फाइनलमा प्रवेश गरेका छन् । त्रिविको उक्त जोडीले पहिलो सेमिफाइनलमा पूर्वाञ्चल विश्वविद्यालयका लोचनराज न्यौपाने र डेनी खत्रीको जोडीलाई २१–३ र २१–११ बाट लगातार पराजित ग¥यो । महिला डबल्समा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका गङ्गा विष्ट र हेमा […]


डा केसीको आठौँ पटकको अनशन सुरु, विरोधमा प्रदर्शन

कल्पना पौडेल / काठमाडौँ, २६ असार । चिकित्सा शिक्षामा सुधारको चारबँुदे माग राख्दै चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का प्राध्यापक डा गोविन्द केसीले आजदेखि पुनः आठौँ पटक अनशन सुरु गर्नुभएको छ । सरकारले पटक पटक आफूले उठाएका माग पूरा गर्नेबारे सम्झौता गरे पनि त्यसलाई कार्यान्वयन नगरेको भन्दै शिक्षण अस्पतालमै रहेको गणेशमान इएनटी भवनमा पुनः आमरण अनशन सुरु […]


तीन नयाँ कम्पनी स्थापना हुँदै, प्राधिकरण वितरणमा सीमित

रमेश लम्साल / काठमाडौँ, २६ असार । सरकारले नेपाल विद्युत् प्राधिकरणले मात्रै बदलिँदो अवस्थामा उत्पादन, वितरण तथा प्रसारणको कार्य सम्पादन गर्न नसक्ने भन्दै विभिन्न तीन फरक कम्पनी स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ । एक वर्ष पहिले स्थापना भएको ग्रिड कम्पनीलाई सुदृढीकरण गर्ने र अन्य दुई कम्पनी केही समयभित्रै स्थापना गरेर कार्य सञ्चालन गर्ने सरकारको […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter