समाचार

कोदो, मकै हुने बारीमा तरकारी फल्न थालेपछि…

गाईघाट, असार ७ गते । पैसा कमाउन जागिर खानैपर्छ या त विदेशै जानुपर्छ भन्ने मान्यता तोड्दै उदयपुरका ग्रामीण किसानहरूले व्यावसायिक रूपमा तरकारी खेती गरेर घरआँगनमै लाखौँ रुपियाँ कमाउन थालेका छन् । यहाँको त्रियुगा नगरपालिका वडा नं. ४ का धेरै किसानले तरकारी खेतीबाट पनि विदेशको भन्दा राम्रो कमाइ गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न सफल भएका […]


अप्टिकल फाइवर विस्तार सुस्तगतिमा

काठमाडौँ, असार ७ गते । दुई वर्षभित्रमा गाउँगाउँमा तीव्रगतिको इन्टरनेट सेवा पु¥याउने भनिए पनि अप्टिकल फाइवर विस्तारमै ढिलासुस्ती देखिएको छ । देशको ग्रामीण र दुर्गम क्षेत्रमा ब्रोडव्यान्ड इन्टरनेट सेवा पु¥याउने उद्देश्यले १, २ र ३ गरी तीनवटा प्रदेश अन्तर्गत मध्यपहाडी लोकमार्ग तथा जिल्लामा अप्टिकल फाइबर केवल ओछ्याउन नेपाल दुरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच २०७३ असोज […]


जनप्रतिनिधिलाई सूचनाको हकबारे जानकारी दिनुपर्छ

काठमाडौँ, असार ६ गते । स्थानीय सरकारलाई जिम्मेवार, जवाफदेही, पारदर्शी र सुशासनमैत्री बनाउनका लागि सूचनाको हकका बारेमा यथेष्ठ जानकारी गराउनुपर्ने आवश्यकतामाथि जोड दिएको छ । राष्ट्रिय सूचना आयोगले आज यहाँ आयोजना गरेको ‘स्थानीय निर्वाचनः महिला नेतृत्वमा सूचनाको हक’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागी वक्ताले विधिको शासन र सुशासनमैत्री स्थानीय सरकारको अबधारणालाई मूर्तरुप दिनका लागि स्थानीय जनप्रतिनिधिलाई […]


तीन सुरक्षा निकायलाई नयाँ संरचनामा लैजानुपर्ने

धनगढी, असार ६ गते । गृहमन्त्री जनार्दन शर्माले स्थानीय तह, सङ्घ र प्रदेशको निर्वाचनपछि संविधान पूर्णरुपमा कार्यान्वयन भई देश विकास र समृद्धिको बाटामा जाने बताउनुभएको छ । स्थानीय निर्वाचनको सुरक्षा व्यवस्थालाई लक्ष्य गरी आज यहाँ सुरु भएको ७ नं प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री शर्माले संविधानको कार्यान्वयनपछि विकासको प्रतिस्पर्धाको अभ्यास र भ्रष्टाचार विरोधी काम […]


नेपाली कामदारको सुरक्षाबारे मन्त्री मंसुर र कतारी राजदूत हेलबीच छलफल

काठमाडौँ, असार ६ गते । । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मंसुरसँग नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हेलले आज शिष्टाचार भेट गर्नुभएको भएको छ । भेटमा मन्त्री मंसुरले कतारमा पछिल्लो राजनीतिक घटनाक्रमका कारणबाट उत्पन्न हुनसक्ने सम्भाव्य असहज परिस्थितिबाट कतारमा कार्यरत रहेका नेपालीमा पर्ने असरबारे चासो व्यक्त गर्नुभयो । मन्त्री मंसुरले हाल कतारमा कार्यरत […]


बिचौलियाका कारण किसान मारमा

धादिङ, असार ६ गते । उपभोक्ताले तिरेको मूल्यको ५० प्रतिशतमात्र तरकारी उत्पादक किसानले पाउन सके यहाँका किसानको आम्दानी तीन गुणाले बढ्ने एक सर्वेक्षणले देखाएको छ । तरकारी उत्पादक किसान, खुद्रा तरकारी विक्रेता र उपभोक्ताबीच गरिएको एक सर्भेक्षणअनुसार उपभोक्ताले तिरेको मूल्यको झन्डै तीनगुणा कम मूल्य तरकारी उत्पादक किसानले पाउने गरेका छन् । बजारमा उपभोक्ताले प्रतिकिलो रु […]


मौद्रिक नीतिबारे निजी क्षेत्रसँग सुझाव सङ्कलन

काठमाडौँ, असार ५ गते । नेपाल राष्ट्र बैंंकले आगामी दिनमा मूल्य स्थिरता, उच्च आर्थिक वृद्धिदर र खुला बजारलाई प्रतिस्पर्धी बनाउन निजी क्षेत्रका उद्योगी तथा व्यवसायीसँग सुझाव सङ्कलन गरेको छ । व्यवस्थापिका–संसद्मा आव २०७४÷०७५ को बजेट पेस भएको २० दिनपछि आज राष्ट्र बैंकले नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, बिमा समिति, […]


हाइब्रिड जातको मकैमा केन्द्रित हुँदै राष्ट्रिय मकैबाली कार्यक्रम

चितवन, असार ५ गते । रामपुरस्थित राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमको अनुसन्धानबाट थोरै जमिनमा बढी उत्पादन लिन सकिने भएपछि तराई र भित्री मधेस अहिले हाइब्रिड जातको मकै उत्पादनमा केन्द्रित छ । विसं २०२९ मा स्थापनापछि हालसम्म २७ वटा जात सिफारिस गरिसकेको यस कार्यक्रमले पछिल्लो समय हाइब्रिड जातको मकैको विकासमा लागेको हो । कार्यक्रमको पछिल्लोपटक रामपुर हाइब्रिड […]


अमेरिकी हिमाल आरोहणका क्रममा सञ्जय पण्डितको निधन

काठमाडौं , ४ असार । अल्ट्रा धावक एवं पर्वतारोही सञ्जय पण्डितको अमेरिकामा निधन भएको छ । पण्डितको अलास्का राज्यको डेनाली नेशनल पार्कस्थित डेनाली माउन्ट आरोहणका क्रममा निधन भएको हो । हाई अल्टिच्युडका कारण शुक्रबार निधन भएको अमेरिकास्थित नेपाली दूताबास स्रोतले जनाएको छ । डेनालीको उचार्रइ २० हजार १५६ फिट अर्थात ६ हजार १४४ मिटर छ […]


नयाँ जात भित्रिएपछि पुनः केराखेतीमा

बाग्लुङ, असार ४ गते । स्थानीय जातका केरामा फैलिएको रोग र कीराको प्रकोप नियन्त्रणमा नआउँदा केरा खेती नै छोड्न बाध्य बनेका यहाँका किसान नयाँ जात भेटेपछि पुनः व्यावसायिक खेतीतर्फ फर्किएका छन् । बाग्लुङको जैमिनी नगरपालिका क्षेत्रमा गरिँदै आएका स्थानीय जातका मुङ्ग्रे, ढुस्रे, फुस्रे, घिउकेरालगायतका जातमा रोग र कीराको प्रकोप नियन्त्रणमा नआएपछि केही वर्षदेखि किसानले केराखेती […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter