
काठमाडौँ, असार ३ गते । टेलिकम कम्पनीलाई बारम्बार मोबाइल सेवासम्बन्धी गुनासो गरेर पनि सम्बोधन भएको छैन भने तपाईंका लागि खुसीको खबर छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो पटक प्रयोगकर्ताको दूरसञ्चारसम्बन्धी गुनासो समाधान गर्ने प्रयास अघि बढाएको छ । दूरसञ्चार कम्पनीले उपलब्ध गराइरहेको सेवा चित्त नबुझेको अवस्थामा प्रयोगकर्ताले अब सीधै नियामकलाई गुनासो गर्न पाउने भएका हुन् […]

काठमाडौँ, असार ३ गते । व्यावसायिक रुपमा वायु ऊर्जा उत्पादनका लागि लगानीकर्ताले चासो देखाउन थालेका छन् । जलविद्युत् आयोजना निर्माणका लागि लामो समय लाग्ने र लगानी पनि धेरै हुने भएकाले वायु ऊर्जाका क्षेत्रमा लगानीकर्ता आर्कषित हुन थालेका हुन् । पछिल्ला दिनमा विद्युत् विकास विभागमा विभिन्न चार कम्पनीले वायु ऊर्जा उत्पादनका लागि अभिरुचि देखाएका छन् । […]

काठमाडौँ, असार २ गते । नेपाल र उत्तर अफ्रिकीमूलुक कोटे डि आइभोरी (आइभरी कोष्ट) बीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । कोटे डि आइभोरीसँगको दौत्य सम्बन्ध स्थापनासँगै नेपालको बाह्य देशसँगको औपचारिक अन्तर्राष्ट्रिय सम्पर्क एकसय ४६ राष्ट्रमा विस्तारित भएको छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपाल र कोटे डि आइभोरीका स्थायी प्रतिनिधिद्वय क्रमशः दुर्गाप्रसाद भट्टराई र क्लाउडे […]

भक्तपुर, असार २ गते । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रूपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा शुक्रबार विहान सार्वजनिक भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएका छन् । यस वर्षको एसईई परीक्षामा ४ लाख ६२ हजार १३६ जना […]

नगेन्द्र सापकोटा / काठमाडौँ, असार २ गते । सरकारले जिल्लास्थित विषयगत कार्यालयलाई स्थानीय तह (गाउँपालिका र नगरपालिका)को मातहत हस्तान्तरण गर्न ढिलाइ गर्दा निर्वाचित जनप्रतिनिधिलाई काम गर्न असहज भएको छ । सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेशको २६ नं. बुँदामा स्थानीय तहको नियमित कार्य सञ्चालनका लागि स्थानीय विकास अधिकारी, गाउँ र नगरपालिकाका कार्यकारीबाहेक विभिन्न […]

काठमाडौँ, असार २ गते । जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा यसै वर्षदेखि मिडवाइफ्री (प्रसूति विद्या) को अध्यापन सुरु गर्ने तयारी भइरहेको छ । आउँदो मङ्सिर महिनादेखि अध्यापन सुरु गर्ने लक्ष्य राखिएकाले अहिले यसको पाठ्यक्रम बनाउने, भौतिक संरचना तयार पार्नेलगायतका तयारी थालिएको जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा राजेन्द्र वाग्लेले जानकारी दिनुभयो । नेपालमा पेसागत मिडवाइफ […]

काठमाडौँ, असार १ गते । अटिजम र अनाथ बालबालिकाको रेखदेखका लागि काम गर्दै आएका संस्थालाई सहयोग गर्ने उद्देश्यले सञ्चारकर्मी भरतराज उप्रेतीले छ महिने छोरीको नाममा ‘सम्पदा फाउन्डेसन’ स्थापना गर्नुभएको छ । सो फाउन्डेसनले यहाँ आयोजित एक कार्यक्रममा छोरी सम्पदा उपे्रतीको नाममा खोलिएको फाउन्डेसनले अन्य कुनै कार्यक्रम नगरी अटिजम भएका बालबालिकाको क्षेत्रमा मात्र काम गर्ने संस्थालाई […]

मुस्ताङ, असार १ गते । नेपाल र तिब्बतको सीमा क्षेत्र कोरला नाकामा बर्सेनि आयोजना हुने गरेको अन्तरदेशीय व्यापार मेला आजदेखि सुरु भएको छ । मेला प्रवेशका लागि यस वर्ष सीमा क्षेत्रका नेपालीलाई परिचयपत्र अनिवार्य गरिएको छ । दश दिनसम्म सञ्चालन हुने सो मेलाका लागि चिनियाँ र नेपाली व्यापारी सीमा क्षेत्रमा पुगिसकेका छन् । गत वर्षसम्म […]

विराटनगर, जेठ ३१ गते । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले दोश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउने प्रयास जारी रहेको बताउनुभएको छ । निर्वाचन अगाडि संविधान संशोधन हुन नसक्ने विषय सबैलाई अवगत भएकै कुरा हो, उहाँले भन्नुभयो – “आगामी दिनमा सो प्रस्तावलाई दुई तिहाइबाट पारित गराउनका लागि हरसम्भव प्रयास गरिन्छ ।” उपप्रधानमन्त्री गच्छदारले […]

पाल्पा, जेठ ३१ गते । बिजुलीको पोल गाडेको पाँच वर्षमा बिजुली बत्ती बलेपछि दुर्गमका स्थानीयवासीमा खुसियाली छाएको छ । रामपुर नगरपालिकाको दुर्गम र अति विकट क्षेत्र वडा नं ३ र ४ का विभिन्न स्थानमा बिजुली बत्ती विस्तार गरिएको छ । नगरपालिकाको केन्द्रबाट झन्डै तीन घन्टाको पैदलमा पुगिने विकट क्षेत्र गैलुक, लामटाङ र लाँकुरीमा बिजुली बत्ती […]