समाचार

नेपालमा अस्ट्रेलियाली लगानी आउने

काठमाडौँ, असार १५ गते ।। उपप्रधानमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि अस्ट्रेलियाका राजदूत पिटर बडले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । परराष्ट्र मन्त्रालयमा उहाँहरुबीच भएको भेटमा नेपाल–अस्ट्रेलियाबीचको आपसी सहयोग तथा दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको थियो । सो अवसरमा परराष्ट्रमन्त्री महराले नेपाल नयाँ चरणमा प्रवेश गरेको सन्दर्भमा यहाँ अस्ट्रेलियाली लगानी आउने विश्वास व्यक्त गर्नुभयो । […]


उपत्यकामा पर्यटनस्थल थपिँदै

काठमाडौँ , असार १० गते । काठमाडौँ वरिपरिको पहाडी शृङ्खलासहितको ऐतिहासिक, धार्मिक सम्पदायुक्त क्षेत्रलाई ‘नेपाल मण्डल पर्यटन नगरी’का रूपमा प्रवद्र्धन गरिने भएको छ । राजधानीमा शुक्रबार आयोजित गोष्ठीमा काठमाडौँ उपत्यकामा भएका विश्व सम्पदामा सूचीकृत सम्पदाका साथै राजधानी वरिपरिका पाँच क्षेत्रलाई पर्यटन नगरीका रूपमा प्रवद्र्धन गरिने जानकारी दिइयो । चन्द्रागिरी–चम्पादेवी, गोदावरी–फुलचोकी, नगरकोट–जरसिंहपौवा, शिवपुरी–ककनी र जामाचो–दहचोकलाई पर्यटन […]


आयुर्वेद चिकित्सक डा. रोका सम्मानित

काठमाडौँ , असार १० गते । आयुर्वेदिक क्षेत्रको विकास र विस्तारमा योगदान पु¥याएवापत त्रिभूवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान अन्तर्गत आयुर्वेद केन्द्रीय क्याम्पसका प्रमुख प्रा. डा. देव बहादुर रोकालाई सम्मान गरिएको छ । क्रिएटिभ क्लबद्वारा आयोजित कार्यक्रममा त्रिविकी शिक्षाध्यक्ष प्रा. डा. सुधा त्रिपाठीले उनलाई सम्मान गरेकी हुन् । डा. रोका नेपालमा काय चिकित्साका वरिष्ठ चिकित्सक हुन् […]


अलैँचीको बेर्ना नर्सरीमै हुर्किने किसानलाई चिन्ता

चरिकोट, असार ९ गते । स्थानीय अलैँचीका बिरुवाले बजार नपाउँदा दोलखाली किसान निराश हुन थालेका छन् । गत वर्ष अलैँचीमा राम्रो मूल्य पाएका किसानहरू यस वर्ष कम मूल्यमा पनि बिक्री नहुँदा निराश हुनु परेको भीमेश्वर नगरपालिका हालको एक नम्बर वडाका अलैँची किसान बलराम शिवाकोटी दुखेसो गर्नुभयो । गत तीन वर्ष यता अलैँची बिक्रीमा केही कमी […]


पर्वतारोहण सङ्घको नेतृत्वका लागि दौडधुप

काठमाडौँ, असार ९ गते । पर्वतीय पर्यटनको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को आगामी नेतृत्वबारे चर्चा चुलिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा समेत प्रतिष्ठित सङ्घको नेतृत्वका लागि आकाङ्क्षी उम्मेदवारले दौडधुप र प्रचार तीव्र पारेका छन् । निर्वाचन आउन करिब एक महिनाअघि नै आकाङ्क्षीले प्रचारप्रसार थालेका हुन् । सङ्घको साधारणसभा आगामी जुलाई २९ तारिख […]


विद्युत्को सेवा लिन अझै ४० प्रतिशत बाँकी

रसुवा, असार ९ गते । हिमाली जिल्ला रसुवाको दूरदराजका ४० प्रतिशत ग्रामीणवासीले अझै विद्युत् सेवाको उपभोग गर्न पाएका छैनन् । गोसाइँकुण्ड गाउँपालिकाको चन्दनबारी गरदागाङ, लाङटाङ, उत्तरगयाको तिरु, नौकुण्डगापाको आरुखर्क, सिङबन्दी, दोकलाङ, राजाङबच्चा र घोमुगाउँको केही भागमा अझैसम्म विद्युत्को व्यवस्था नहुँदा २१औँ शताब्दीका नागरिक अझै पनि अन्धकारमा बस्नु परेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो […]


स्वस्थ्य प्रतिस्पर्धा गर्न आग्रह

विराटनगर, असार ८ गते । गृहमन्त्री जनार्दन शर्माले भयररहित वातावरणमा मतदातालाई ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभएको छ । प्रदेश नं १ को क्षेत्रीय सुरक्षा गोष्ठीको समापनका अवसरमा यहाँ आज आयोजित पत्रकार भेटघाटमा उहाँले उम्मेदवारहरुलाई स्वस्थ्य प्रतिस्पर्धा गर्न र मतदाताको मन जित्न सुझाव दिनुभयो । उहाँले प्रदेश नं १ को सुरक्षा व्यवस्था चुस्त रहेको बताउँदै […]


ट्याक्सीको राजस्व महाशाखाले नै सङ्कलन गर्ने

काठमाडौँ, असार ८ गते। महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढी भाडा असुल्ने तथा मिटरमा जान नमान्ने ट्याक्सीलाई कारबाही गरेबापत उठ्ने राजस्व आफैँले सङ्कलन गर्ने भएको छ । यसअघि महाशाखाले ट्याक्सी कारबाहीको राजस्व तिर्न यातायात व्यवस्था कार्यालय पठाउँदै आएको थियो । उपत्यकाको ट्राफिक व्यवस्थालाई सहज बनाउनका लागि यातायात व्यवस्था विभागले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई अधिकार प्रत्यायोजन गरेसँगै […]


पत्रकार महासंघको महाधिवेशन फेरि सर्यो, ४ र ५ भदौमा महाधिवेशन ताेकियाे

काठमाडौँ, असार ८ गते। नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन फेरि सरेको छ । विहिबार महासंघका महासचिव उजिर मगरले विज्ञप्ति जारी गरी महाधिवेशन सरेको जानकारी दिएका हुन् । यस अघि महासंघले असार २२ र २३ गते महाधवेशन गर्ने निर्णय गरेको थियो । असार १४ को स्थानीय तहको दोस्रो निर्वाचनमा पत्रकारहरु सक्रिय हुनुपर्ने भएकाले महाधिवेशन सारेको […]


सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता हुँदै; आर्मी क्लब र बजाज बाइकबीच सम्झौता

काठमाडौँ, असार ७ गते । फेयरलेस नेपाल र डिएनए इन्टरटेनमेन्टको आयोजनामा सर्वाधिक पुरस्कार राशी भएको विद्यालयस्तरिय फुटबल प्रतियोगिता हुने भएको छ । आगामी साउन १५ गतेदेखि हुने उक्त प्रतियोगितामा उपत्यकाका तीन जिल्ला र नुवाकोटका एक विद्यालयको सहभागिता रहने मंगलबार यहाँ आयोजित मुल आयोजक समितिका अध्यक्ष दीपक क्षत्रीले बताउनुभयो । उहाँले निजी क्षेत्रबाट आयोजना भएको विद्यालयस्तरको […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter