समाचार

नेपाल–सिक्किम संयुक्त पर्यटन प्रवद्र्धनमा जोड

ग्याङटोक (भारत), जेठ ३१ गते । नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय, पोखराको आयोजना एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा मङ्गलबार सिक्किमको ग्याङ्टोकमा आयोजित अन्तक्र्रिया कार्यक्रममा नेपाल र सिक्किमको संयुक्त पर्यटन प्रवद्र्धनमा जोड दिइएको छ । अन्तक्र्रियामा सिक्किम तथा नेपालका वक्ताले उत्तरपूर्वी भारतका सिलगुडी, डुबर्स र सिक्किमलाई समेटेर पोखरासहित नेपालको संयुक्त पर्यटन प्रवद्र्धनका लागि साझेदारी गर्न जोड […]


मुस्ताङका २० किसानलाई मोबाइल उपहार

मुस्ताङ, जेठ ३१ गते । कृषि विकास मन्त्रालयले मुस्ताङका २० जना किसानलाई मोबाइल उपहार प्रदान गरेको छ । कृषि क्षेत्रलाई आधुनिक बनाउँदै लैजाने सरकारी नीतिअनुरुप छनौट गरेका २० जना किसानलाई हालै सिमकार्डसहित सामसुङ जे फाइभ मोबाइल वितरण गरिएको हो । किसानले मोबाइलको प्रयोगबाट ‘हाम्रो कृषि’ मोबाइल एप्लिकेसन डाउनलोड गरी मौसमसम्बन्धी जानकारी, कषि, प्रविधि, जिल्ला कृषि […]


राष्ट्रपति भण्डारी जेनेभा प्रस्थान

काठमाडौँ, जेठ ३० गते । राष्ट्रपति विद्यादेवी भण्डारी स्वीट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको ‘१०६ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्वशिखर बैठक’ मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभयो । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुली, उपप्रधानमन्त्री […]


अब गोही, गौरीगाई र अजिङ्गरले आक्रमण गरे पनि राहत पाइने;यस्तो छ कानुनी अवस्था

नारायण ढुङ्गाना / चितवन, ३० जेठ । गोही, गौरीगाई र अजिङ्गरले मानिसलाई आक्रमण गरे पनि राहत पाइने भएको छ । यसअघि केही निश्चित वन्यजन्तुले आक्रमण गर्दामात्रै राहत दिने व्यवस्था थियो । हालै वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ को दोस्रो संशोधनले प्रजाति थपेर राहतको व्यवस्था गरेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना […]


चैते धानकै भर

अविनाश चौधरी / धनगढी, जेठ ३० गते । भजनी त्रिशक्ति नगरपालिकामा पर्ने दुर्गम गाउँ गोडचोराकी मीना चौधरी यतिखेर चैते धान पाक्ने पर्खाइमा हुनुहुन्छ । मनसुन सुरु हुनुअघि नै धान भित्र्याउन पाए ढुक्क बस्न सकिन्छ । त्यसैले आकाश र खेतको धान हेर्दै उहाँको दिन गुज्रिरहेको छ । ‘बर्खे धानको खेती गरे पनि फसल मिल्दैन, तर चैते […]


चिनियाँ पर्यटकलाई नेपालबारे जानकारी

काठमाडौँ, जेठ ३० गते । नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चीनका प्रमुख पर्यटकीय स्थानमा ‘नेपाल–चीन पर्यटन प्रवद्र्धन मिसन’ सम्पन्न भएको छ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को संयोजन तथा नेपाल पर्यटन बोर्ड, चीनको पर्यटन च्याम्बर तथा एअर चाइनाको संयुक्त सहयोगमा चीनको ग्वाङजाओ र हाङजाओमा आयोजित कार्यक्रममा नेपाली पर्यटकीय गन्तव्य प्रवद्र्धनबारे चर्चा गरिएको […]


पोखरामा भारतीय पर्यटक बढाउन सिधा हवाई सम्पर्क आवश्यक

सिलगुडी (भारत), जेठ २८ गते । भारतको उत्तरपूर्वी क्षेत्रमा क्रियाशील पर्यटन व्यवसायीले नेपालको पर्यटकीय नगरी पोखरामा भारतीय पर्यटकको आगमन बढाउन सीमा क्षेत्रसँग जोडिएका विमानस्थलमा पोखराबाट सिधा हवाई सम्पर्क हुनुपर्नेमा जोड दिएका छन् । नेपाल पर्यटन बोर्ड, क्षेत्रीय कार्यालय पोखराको आयोजना एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा शनिबारदेखि उत्तरपूर्वी भारतमा सुरु भएको प्रवद्र्धनात्मक कार्यक्रमका क्रममा सिलगुडीमा आयोजित […]


अनुदानको रकम जथाभावी खर्च नगर्न अर्थ मन्त्रालयको आग्रह

काठमाडौँ, जेठ २८ गते । अर्थमन्त्रालय, अन्तरसरकारी वित्त व्यवस्थापन महाशाखाले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई अनुदानको रकम जथाभावी खर्च नगर्न आग्रह गरेको छ । मन्त्रालयले अनुदानको रकमबाट सवारी साधन खरिद, नयाँ कर्मचारी नियुक्ति, सामाजिक सुरक्षा भत्ता थपेर वितरण र स्थानीय तहका पदाधिकारीको सेवा सुविधा अनुदान रकमबाट खर्च गर्न नमिल्ने बताएको हो । प्रदेश नं ३ का […]


मोरङ–सुनसरीमा रु १८ करोडमा जनता आवास

पथरी (मोरङ), जेठ २८ गते । मोरङको डाइनियाको प्रगति टोलका २४ वर्षीय ललन सरदार निकै मख्ख हुनुहुन्छ । सरदार नयाँ घर बनाउन सरकारले खर्च दिने भएपछि मख्ख हुनुभएको हो । डाइनियामात्रै होइन रङ्गेली नगरपालिकाको आँपगाछीका बाँतर समुदायका मानिस पनि निकै मख्ख हुनुहुन्छ । आँपगाछीका बलीतलाल बाँतर सरकारले नयाँ घर बनाउन पैसा दिन थालेपछि मख्ख हुनुहुन्छ […]


म्याग्दीको बास्कुनामा अन्तर्राष्ट्रियस्तरको सुन्तला बगैँचा

म्याग्दी, जेठ २७ गते । म्याग्दी बेनी नगरपालिका– ४ बास्कुनावासीले धानखेती छोडेर सुन्ताला खेतीतर्फ आकर्षित भएका छन् । धानरोप्ने खेतमा सुन्तालाको नयाँ बिरुवा विस्तार गरेका बास्कुनावासीले अहिले मकैभित्र पनि सुन्तालाको नयाँ बिरुवा बिस्तारसँगै बगँैचा व्यवस्थापन र नयाँ बिरुवाको रेखदेखमा जुटिरहेका छन् । न्यूजिल्यान्डमा रहेका बास्कुनाका लालबहादुर केसीले अन्तर्राष्ट्रियस्तरको बगँैचा व्यवस्थापन र काठमाडौँका व्यापारीलाईसमेत सुन्तलाबारीमै पुग्ने […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter