समाचार

पर्यापर्यटनको विकासका लागि नयाँ मचानको निर्माण

चितवन, जेठ २७ गते । पछिल्लो समयमा पर्यटकीय क्षेत्र बन्दै आएको पूर्वी चितवनको खैरहनी नगरपालिकास्थित कुमरोजमा पर्यापर्यटनको विकास र संरक्षणका लागि नयाँ मचान (भ्यू टावर)को निर्माण सुरु भएको छ । जङ्गलमा बसेर वन्यजन्तु अवलोकन गर्न रुचाउने पर्यटकलाई लक्षित गरेर यहाँ ‘मचान’को निर्माण कार्य थालिएको हो । कुमरोजको इचर्नी टप्पुमा निर्माण गर्न लागिएको उक्त मचानको आज […]


भूकम्पपीडितलाई कृषि उपकरण वितरण

धनकुटा, जेठ २७ गते । प्रविधियुक्त आधुनिक कृषि प्रणालीको प्रयोगबाट कृषि उत्पादन बढाउन जिल्ला कृषि विकास कार्यालयले भूकम्पपीडित किसानलाई अनुदानमा कृषि औजार उपकरण वितरण गरेको छ । धनकुटा जिल्लाका विभिन्न क्षेत्रका रातो परिचयपत्र पाएका भूकम्पपीडित किसानलाई कृषि विकास मन्त्रालयको सिफारिसमा राष्ट्रिय पुनःनिर्माण कोषमार्फत प्राप्त छ प्रकारका आधुनिक उपकरण वितरण गरिएको हो । जिल्लाका किसानहरुलाई एकसय […]


चुँदीफाँटमा धान र आलु खेती फस्टाउँदै

अमरराज नहर्की / तनहुँ, जेठ २६ गते । आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घा मुलुककै प्रमुख साहित्यिक तीर्थ स्थल हो । यही चुँदीफाँटलाई कृषि पर्यटनको केन्द्रको रूपमा विकास गर्न लागिएको छ । कृषि पर्यटनका लागि जिल्ला कृषि विकास कार्यालय र सिँचाइ डिभिजन कार्यालयले धान र आलु खेतीको नमुना क्षेत्र बनाउन लागेको छ । नमुना फाँटको रूपमा […]


उपत्यकामा मेलम्चीको पाइप बिच्छ्याउन अब ८५ किलोमिटर बाँकी !

काठमाडौँ, जेठ २६ गते । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउने काम तीव्र गतिमा अगाडि बढेको छ । उपत्यकावासीलाई असोजभित्र खानेपानी खुवाउने लक्ष्यका साथ काम भइरहेको आयोजनाले जनाएको छ । उपत्यकाभित्र पानी पु¥याउनका लागि ६७० किलोमिटर पाइप बिच्छ्याउनुपर्ने भए पनि हालसम्म ५८५ किमी क्षेत्रमा पाइप बिच्छ्याइसकिएको मेलम्ची खानेपानी आयोजना–२, आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रमुख तिरेश […]


संरक्षणमा स्थानीय सहभागिता थप प्रभावकारी हुने

लक्ष्मीप्रसाद उपाध्याय / काठमाडौँ, जेठ २५ गते । सरकारले वन्यजन्तु राहत निर्देशिका संशोधन गरी वन्यजन्तुबाट मृत्यु हुने व्यक्तिलाई राहत तथा क्षतिपूर्तिको रकम दोब्बर गरेपछि सरोकारवालाहरुले संरक्षणमा स्थानीय सहभागिता थप प्रभावकारी हुने दावी गरेका छन् । सरकारले वन्यजन्तुबाट मृत्यु हुने व्यक्तिलाई राहत स्वरुप १० लाख रुपियाँ दिने निर्णय गरेपछि संरक्षणकर्मीहरुले यस्तो धारणा व्यक्त गरेका हुन् । […]


अग्र्यानिक तरकारी उत्पादनमा महिला

कञ्चनपुर, जेठ २५ गते । बेलौरी नगरपालिका–२ गोकुलपुरका महिला अग्र्यानिक तरकारी उत्पादनमा लागेका छन् । एकीकृत शत्रुजीव व्यवस्थापन(आइपिएम) पाठशाला सञ्चालन्पछि मानव स्वास्थ्यका लागि लाभदायक हुने अग्र्यानिक तरकारी खेतीतर्फ महिला उन्मुख भएका हुन् । तीन महिनाको तालिमपश्चात महिलाले रासायनिक विषादी र रासायनिक मलको प्रयोग नगरिकनै घरमै तयार पारिएको जैविक मल र वनस्पतिको झोलको प्रयोग गरी लौका, […]


लेखा प्रमुख नियुक्त गर्न ढिलाई गर्दा सम्झौता भएका योजनाको भुक्तानी दिन रोकिए

नगेन्द्र सापकोटा / काठमाडौं, जेठ २५ गते । सरकारले गाउँ र नगरपालिका वडा कार्यालहरुमा लेखा प्रमुख नियुक्त गर्न ढिलाई गर्दा सम्झौता भएका योजनाको भुक्तानी दिन रोकिएका छन् । गाउँ र नगरका वडाहरुमा धेरै तर साना योजना सञ्चालन हुने गरेको गर्छन । स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धित आदेशमा गाउँ नगरपालिकाका वडाहरुमा वडा सचिव र […]


दुई वर्षीय बालकको जन्मदिनको खर्चले बालबालिकालाई सहयोग

पर्वत, जेठ २४ गते । पर्वत सदरमुकाम कुश्माबजारको एक परिवारले आफ्नो दुईवर्षे छोराको जन्मदिनमा हुने खर्च जोगाएर सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका बालबालिकालाई सहयोग प्रदान गरेका छन् । कुश्मा नगरपालिका–५ का दीपक आचार्य र दीपा आचार्यले छोरा ड्यानिल आचार्यको जन्मदिनको अवसर पारेर बालमन्दिर प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई रु ३० हजार बराबरको सहयोग उपलब्ध गराएका हुन् […]


शिक्षकलाई पढाउन मात्र लगाउने काम चुनौतीपूर्ण : उपप्रम श्रेष्ठ

प्रकाश सिलवाल / काठमाडौँ, जेठ २४ गते । “शिक्षकले आफ्नो मूल पेसा छाडेर अरु अरु पेसा पनि गरेको देख्छु, यस्तो समस्याका कारण शिक्षा क्षेत्र जर्जर बनेको छ । पढाउन गए पनि हुने र नगए पनि हुने प्रवृत्तिलाई चिन्नुपर्छ । अर्काेतिर गुरुको सम्मानमा पनि ह्रास आएको छ । उस्तै परे शिक्षक र विद्यार्थी सँगै चुरोट र […]


भरतपुर प्रकरणलाई असामान्य तवरले प्रचार गरिएकामा दुःख छः प्रम

काठमाडौँ, जेठ २३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको पहिलो चरणको निर्वाचनपछि राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार नै संविधान कार्यान्वयन गर्ने महत्वपूर्ण दिशामा मुलुक अगाडि बढेको बताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकलाई विशेष सम्बोधन गर्दै उहाँले संविधान कार्यान्वयन गर्ने महत्वपूर्ण आधारका रुपमा स्थानीय तहको निर्वाचन प्रक्रिया अगाडि बढेको र त्यसले हिमाल, पहाड र तराईबीचको […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter