समाचार

माछापालनका लागि रु चार करोडको अनुदान

रत्ननगर (चितवन), वैशाख २७ गते । जिल्ला कृषि विकास कार्यालय चितवनले माछापालनका लागि प्रोत्साहन दिन यसवर्ष किसानलाई झन्डै रु चार करोड अनुदान दिन लागिएको हो । कार्यालयका मत्स्य विकास अधिकृत परशुराम यादवका अनुसार जिल्लामा कुल १२० हेक्टर क्षेत्रफलमा माछापालन विस्तार गर्न उक्त रकम अनुदान स्वरुप दिन लागिएको हो । विशेषगरी प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत माछा […]


हुलाकी राजमार्ग आसपासमा दश नयाँ सहर बन्दै; काठमाडौँमा चार नयाँ व्यवस्थित सहर

काठमाडौँ, वैशाख २६ गते । सरकारले तराई–मधेस क्षेत्रमा व्यवस्थित सहर बनाउने लक्ष्यका साथ नयाँ अवधारणा अगाडि सारेको छ । तराई– मधेस क्षेत्रमा निर्माण भइरहेको हुलाकी राजमार्ग आसपासमा नै बस्ती विस्तार गर्ने र व्यवस्थित सहरीकरणलाई प्रश्रय दिने लक्ष्यका साथ नयाँ दश सहर बनाउन सरकारले तयारी गरेको हो । हुलाकी राजमार्गलाई आधार बनाएर निर्माण गरिने नयाँ सहरले […]


चितवनमा सालकाे रूख काटे १० लाख रूपियाँ जरिवाना !

चितवन, वैशाख २६ गते चितवन राष्ट्रिय निकुञ्जभित्रको वन पैदावर चोरी तस्करी गर्ने व्यक्तिले अव जरिवानास्वरुप लाखौँ रुपैयाँ तिर्नुपर्ने भएको छ । नेपाल राजपत्र २०७३ को पाँचौँ संशोधनसँगै निकुञ्जको वन पैदावार चोरी तस्करी गर्नेसँग जरिवाना रकममा वृद्धि भएको हो । हालै संशोधित ऐनअनुसार क्षतिको बिगोको दोब्बर जरिवानासम्म तिर्नुपर्ने भएको छ । यसअघि वन पैदावार हानीनोक्सानी पु¥याउनेलाई […]


काठमाडौँबाहिर तीन ठाउँमा वैदेशिक रोजगार सेवा केन्द्र खोल्ने तयारी

सीता शर्मा / काठमाडौँ, वैशाख २५ गते । वैदेशिक रोजगार विभागले काठमाडौँबाहेक अन्य तीन ठाउँमा सेवा केन्द्र सञ्चालन गर्ने तयारी गरेको छ । वैदेशिक रोजगारीमा जाने व्यक्ति सानो कामका पनि राजधानीस्थित विभागमा आउनुपर्ने बाध्यतालाई मध्यनजर गरी विभागले आउँदो साउनदेखि राजधानीबाहिर तीन ठाउँमा सेवा केन्द्र सञ्चालन गर्ने तयारी गरेको हो । विभागका अनुसार बाँकेको नेपालगञ्ज, धनुषाको […]


‘अबको बजेट ऐतिहासिक हुन्छ– गभर्नर डा नेपाल’

काठमाडौँ, वैशाख २५ गते। राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्ष २०७४÷७५ को बजेट ऐतिहासिक हुने बताउनुभएको छ । राष्ट्र बैंकले यहाँ आज आयोजना गरेको आव २०७४÷७५ का लागि पूर्व बजेटकालीन अन्तक्र्रियामा उहाँले भन्नुभयो, “स्थानीय तह निर्वाचनसँगै मुलुक सङ्घीयतामा जाने निश्चित भएकाले अन्य बजेटभन्दा यो फरक तवरले आउँछ ।” गभर्नर डा नेपालले नाकाबन्दी […]


लुम्बिनी गुरूयोजनाको काम लम्बिँदै

लक्ष्मण पौडेल / भैरहवा, वैशाख २५ गते । लुम्बिनीको विकास र पर्यटन प्रवद्र्धनको जिम्मा पाएको लुम्बिनी विकास कोषले अपनत्व नलिँदा लुम्बिनी गुरुयोजनाको काम कछुवाको गतिमा अगाडि बढ्ने गरेको छ । कोषका पदाधिकारीहरूको एक आपसको तिक्तताले गुरुयोजनाको कामलाई बाधा पारेको हो । कोषका पदाधिकारीमा प्रतिस्पर्धात्मक ढङ्गले सक्षम व्यक्तिभन्दा राजनीतिक नियुक्ति हुनु, स्थानीयसँग समन्वय हुन नसक्नुलगायतले ४० […]


आचारसंहितामा कडाइपछि प्रचारशैली कम भडकिलो

सुशील दर्नाल / काठमाडौँ, वैशाख २५ गते। निर्वाचन आचारसंहितामा गरिएको कडाइका कारण विगतका निर्वाचनमा भन्दा यस पटक प्रचार प्रसारमा तडकभडक कम देखिएको छ । करिब दुई दशकपछि आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले आचारसंहितामार्फत निर्वाचन सम्बन्धी प्रचार–प्रसारको लागि पोस्टर टाँस्न र आमसभा गर्न कडाइ गरेपछि तडकभडक कम देखिएको हो । […]


८६ वर्षीय आरोही शेरचनको सगरमाथा आरोहणका क्रममा निधन

काठमाडौं , वैशाख २१ गते । विश्व रेकर्डका लागि सगरमाथा आरोहणमा हिडेका ८६ वर्षीय आरोही मीनबहादुर शेरचनको निधन भएको छ। म्याग्दीको भुरुवा तातोपानीका शेरचन काठमाडौंको समिट ट्रेड नेपाल नामक ट्रेकिङ एजेन्सीबाट सगरमाथा आरोहणमा हिँडेका थिए। पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईका अनुसार शेरचनको शनिबार निधन भएको हो। शेरचन वैशाख ३ गते आइतबार सात सदस्यीय टोलीसहित काठमाडौंबाट […]


सिमकोट मानसरोवर जाने पर्यटक बढे

राजन राउत / सिमकोट, वैशाख २३ गते । प्रसिद्ध धार्मिक स्थल कैलाश मानसरोवर जाने भारतीय पर्यटक आउने क्रम बढेसँगै सदरमुकाम सिमकोटमा पर्यटकीय चहलपहल बढेको छ । मौसम परिवर्तन र हिमपात नहुँदा गत वर्षभन्दा दुई हप्ता अघिदेखि नै सिमकोटमा भारतीय पर्यटकको आगमन भएको छ । शुक्रबार मात्रै करिब चार दर्जन भारतीय पर्यटक सिमकोट भित्रिएको स्थानीय पर्यटन […]


तार व्यस्थापन गर्दै कामपा

काठमाडौँ, वैशाख २३ गते । काठमाडौँ महानगरपालिकाले प्रदूषण नियन्त्रणका लागि बिजुलीका खम्बामा जथाभाबी टाँगिएका तार व्यवस्थापनको काम सुरु गरेको छ । अहिलेसम्म त्रिपुरेश्वर, कमलादी र कमलपोखरीका खम्बाका अव्यवस्थित र भुइँमा छाडिएका तार व्यवस्थापनसुरु गरिएको कामपा, वातावरण व्यवस्थापन विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार तार व्यवस्थापनका क्रममा अहिलेसम्म कामपाले १५ ट्रक अव्यवस्थित तार […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter