समाचार

दुई हजार ३६४ थपिए, तीन हजार ३८ सङ्क्रमणमुक्त

काठमाडौं, कात्तिक १३ गते । नेपालमा कोरोनाभाइरसका दुई हजार ३६४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ३६४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा दश हजार ७६९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ३६४ जनामा […]


ट्राफिक अनलाइन सेवा प्रभावकारी

काठमाडौँ, कात्तिक १२ गते। महानगरीय ट्राफिक प्रहरी महाशाखाले अघिल्लो महिनाबाट सञ्चालनमा ल्याएको अनलाइन सेवा प्रभावकारी देखिएको छ । घरबाटै सेवा लिन सेवाग्राहीहरु अभ्यस्त हुन थालेका छन् । एक महिनामा दुई हजार ५०० बढीले अनलाइनबाटै सेवा प्राप्त गरिसकेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । सवारीसाधान र त्यसका कागजातको सिफारिसका लागि महाशाखा धाउनुपर्ने […]


भारतीय सेनाध्यक्ष नरवणे कात्तिक १९ गते नेपाल आउँदै

काठमाडौं, कात्तिक ११ गते । नेपाली सेनाले भारतीय सेनाध्यक्ष जनरल एम एम नरवणेको नेपाल भ्रमणको तालिका सार्वजनिक गरेको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले भारतीय सेनाध्यक्ष नरवणे कात्तिक १९ गते नेपाल आउनुहुने जनाएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणमा सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे चार सदस्यीय भ्रमण दलका साथ नेपाल आउनुहुने निर्देशनालयले […]


पर्यटक आकर्षित गर्न छुट प्याकेज घोषणा

दमौली, कात्तिक ११ गते। आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित होटल व्यवसायीले छुट प्याकेज घोषणा गरेका छन् । कोभिड–१९ ले थला परेको बन्दीपुरको पर्यटन व्यवसाय उकास्नका लागि यहाँका व्यवसायीले होटलमा छुट प्याकेज घोषणा गरेका हुन् । चाडपर्वलाई लक्षित गरी सबै होटल तथा रेष्टुरेण्टले १० देखि १५ प्रतिशतसम्म छुट प्याकेज दिइरहेको क्षेत्रीय […]


५७० थपिए, तीन हजार १६८ सङ्क्रमणमुक्त

काठमाडौं, कात्तिक ११ गते। नेपालमा पछिल्लो करिब दुई महिना यताकै सबैभन्दा कम कोरोनाभाइरसका सङ्क्रमितको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा मात्र ५७० जना सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा दुई हजार ७२५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५७० […]


एक हजार ७४१ थपिए, चार हजार पाँच सङ्क्रमणमुक्त

काठमाडौं, कात्तिक १० गते । नेपालमा कोरोनाभाइरसका एक हजार ७४१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पाँच हजार छ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा पाँच हजार छ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ७४१ […]


दुई हजार ८५६ थपिए, सङ्क्रमित एक लाख ५८ हजार ८९ पुग्यो

काठमाडौं, कात्तिक ९ गते । नेपालमा कोरोनाभाइरसका दुई हजार ८५६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार ३११ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १२ हजार ३११ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ८५६ […]


अधिकांश शक्तिपीठमा मन्दिर बाहिरैबाट दर्शन

पूर्णप्रसाद मिश्र / काठमाडौँ, कात्तिक ८ गते। नवरात्रका अवसरमा राजधानीका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेकामा यो वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण धेरै मन्दिर बन्द छन् । प्रसिद्ध शक्तिपीठका रुपमा रहेको पशुपतिक्षेत्रको गुह्येश्वरी मन्दिर चैतदेखि नै बन्द छ । नवरात्रका अवसरमा पनि मन्दिर नखुलेपछि यस वर्ष केही भक्तजनले बाहिरबाटै दर्शन गरेको काठमाडौँ महानगरपालिका–८ का वडाध्यक्ष […]


गाउँघरमा बिजुली पुग्याे, हराउन थाले परम्परागत ढिकी जाँतो

मनोज तिमलसिना / रौतहट, कात्तिक ८ गते । रौतहटका ग्रामीण तथा दुर्गम भेगमा ढिकी जाँतो पाउन छाडिएको छ । गाउँगाउँमा विद्युतीकरण भएसँगै ढिकी जाँतो पाउन छाडिएको हो । बिजुली र तेलबाट चल्ने नयाँ प्रविधिका मिल भित्रिएपछि गाउँघरमा ढिकी र जातो लोप हुँदै जान थालेका छन् । गाउँमा टुकी विस्थापित भएसँगै अन्न कुटानी पिसानी गर्ने परम्परागत […]


दशैँघर र पूजाकोठामा भित्र्याइयो फूलपाती

काठमाडौँ, कात्तिक ७ गते। आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजाकोठा एवं दशैँघरमा स्थापना गरिएको नवदुर्गास्थलमा फूलपाती भित्र्याइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंँघर अथवा पूजाकोठामा शुभ साइतको […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter